हिमपातले मध्यपहाडी लोकमार्गको अवरुद्ध

आदर्श अनलाइन,बागलुङ
हिमपातले मध्यपहाडी लोकमार्गको अवरुद्ध भएको छ । लोकमार्गको बुर्तिबाङ–पातिहाल्ने खण्ड हिमपातका कारण अवरुद्ध भएको हो ।

जिल्लाको निसीखोला गाउँपालिका–६ सिपमा २ फिट भन्दा धेरै हिमपात भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सडक अबरुद्ध हुँदा पूर्वि रुकुमबाट बागलुङ र बागलुङदेखि पूर्वि रुकुमका लागि छुटेका सवारीसाधन सडकमै अलपत्र परेका छन् ।

हिउँ जमेकाले सडक पुर्ण रुपमा अवरुद्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक उहाँकाे भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *