म्याग्दीमा हिउँमा परेर एक जना बेपत्ता, तीन जना अलपत्र

आदर्श अनलाइन, म्याग्दी  

म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता भएका छन् ।जिल्लाको धवलागिरि गाउँपालिका वडा नम्बर–१ का ५० वर्षका रामबहादुर छन्त्याल बेपत्ता भएका हुन् ।

अरु तीन जना अलपत्र परेका छन् । अलपत्र परेकाहरु उद्धारको पर्खाइमा छन् । रामबहादुरसहित गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक अलपत्र परेका गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिए ।

बेपत्ताको खोजी तथा अलपत्र परेकाहरुको उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न लागिएको पनि उनले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *