राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीबाट एमालेका नौ उम्मेदवार सिफारिस


आदर्श अनलाइन, पोखरा

राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ९ जनाको नाम सिफारिस गरेको छ । ३ जना उम्मेदवारका लागि प्रदेश कमिटीले ९ जनाको नाम सिफारिस गरेको हो । राष्ट्रिय सभा निर्वाचनका लागि २० गते मनोनयन दर्ता छ ।

आगामी माघ १२ गते राष्ट्रियसभा सदस्यको चुनाव छ । दलिततर्फ बागलुङका गोविन्दबहादुर नेपाली, गोरखाका कृष्ण नेपाली र मनाङकी शान्तिमाया परियार सिफारिस गरिएको छ । महिला क्लस्टरका लागि कास्कीकी मीनाकुमारी गुरुङ, गोरखाकी सम्झना देवकोटा र नवलपुरी लीला थारु थन्नेत सिफारिस भएकी छन् । खुलाका लागि कास्कीका पुण्यप्रसाद पौडेल, बागलुङका लिलबहादुर थापा र गोरखाका प्रेम गुरुङ सिफारिस भएका छन् । केन्द्रले ९ जनामध्येबाट ३ जनालाई राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार बनाउनेछ । अन्नपूर्णबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *