अंग्रेजी नयाँ वर्ष, संस्कार र सोँच

सम्पादकीय
अंग्रेजी नयाँ वर्ष सुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार शनिवारदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदै नेपालमा पनि भव्यताका साथ स्वागत गरिएको छ । जबकि नेपालको आफ्नै मौलिक सम्वत र नयाँ वर्ष छ । यसका बाबजुद पनि पछिल्लो केही वर्ष यता अंग्रेजी नयाँ वर्षलाई खासगरी मूख्य शहरहरुमा मध्यरात सम्म सांगीति कार्यक्रम, मेला, महोत्सव गरेर स्वागत गर्ने प्रचलन बढ्दो छ । चाहे त्यो राजधानी काठमाण्डौका विदेशी पर्यटकको भीडभाड हुने ठमेल, दरबार मार्ग, बौद्ध होस् या पोखरा, सौराहा, लुम्बिनी, बुटवल, बिराटनगर लगायत ठूला शहरहरुमा अघिल्लो साँझ ‘न्यू इयर इभ’ का नाममा होस् । अंग्रेजी नयाँ वर्षलाई नेपाल र अधिक नेपालीले पुसको चिसोलाई प्रवाह नगरी रातको १२ बजाएरै स्वागत गरेका छन् । खासगरी युवा पुस्तामा अंग्रेजी नयाँ वर्ष सेलिब्रेसन गर्ने क्रम बढेको छ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वतको सुरुआत भएको भन्ने कथन छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको थियो । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ ।

नेपालमा विक्रम सम्वत र मौलिक सम्वतको रुपमा नेपाल सम्वत अनुसार देश चलिरहेको छ । यद्यपि, अंग्रेजी नयाँ वर्ष प्रतिको आकर्षण र मोह विदेशको संस्कार संस्कृति र रेमिट्यान्स प्रभाव हो भनेर बुझ्न उति कठीन छैन । उसो त अंग्रेजी वर्ष मनाउनै हुन्न भन्ने होइन । समय सापेक्ष रुपमा नयाँ वर्ष मनाउने, उत्साह आदान प्रदान गर्ने, खुसी सेलिब्रेशन गर्नु रामै्र कुरा हो । तर, विस्तारै बाह्य संस्कार संस्कृतिले बढावा पाउँदै जाने र नेपाली संस्कार संस्कृति हराउँदै जाने खतरा आजको समयमा व्याप्त छ । यस तर्फ राज्य सञ्चालक, सरोकारवाला, नागरिक सबैले गम्भीरतापूर्वक ध्यान दिन जरुरी छ । अंग्रेजी वर्ष मनाउनेका प्रति पनि कतिपयको गुनासो र आपत्ति छ । तर, अंग्रेजी वर्ष मनाउने कार्यकै बिरोध गर्नु भन्दा पनि समय सापेक्ष अघि बढ्ने र देशको मौलिकतामा आँच पु¥याउन भने कदापि दिनुहुँदैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *