ट्याब बैंकिङ सुरुवात गर्ने पोखरामा मित्रमिलन सहकारी पहिलो


–आदर्श अनलाइन, पोखरा

पोखराको मित्रमिलन बचत तथा ऋण सहकारीले नविनतम प्रविधि क्षेत्रमा फड्को मारेको छ ।

पोखरा–९ स्थित नयाँबजारमा प्रधान कार्यालय रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखरामै पहिलोपटक अनलाइन ट्याव बैंकिङ सेवा सुरुवात गरेको छ । आज एक कार्यक्रमकाबिच संस्थाका अध्यक्ष रमण पौडेल र ईन्फोडेभलपर्स प्रालीका गण्डकी प्रदेश ईन्चार्ज सुवास आचार्यले संयुक्तरुपमा अनलाइन ट्याव बैंकिङ सेवाको सुरुवात गर्नुभएको मित्रमिलन सहकारीले जनाएको छ ।

अनलाइन ट्याव बैंकिङ सेवा सुरुवात भएसंगै संस्थाका सदस्यहरुले जहाँबाट पनि रियल टाईम खातामा नगद जम्मा, चेक भुक्तानी, खाताको विवरण प्राप्त तथा अन्य सुविधाहरु प्राप्त गर्न सक्ने सहकारीका अध्यक्ष रमण पौडेलले जानकारी दिनुभयो ।

संस्थाले यसअघिनै पोखरामा पहिलोपटक क्युआरकोड सेवा सुचारु गरेको थियो । सहकारीले अनलाइन ट्याब बैंकिङ सेवा पहिलोपटक भएको ईन्फोडेभलपर्स प्रालीका प्रदेश ईन्चार्ज सुबास आचार्यले जानकारी दिनुभयो ।

सहकारीमा नविनतम प्रविधिको प्रयोगसँगै सदस्यहरुसँगको कारोबार सुरक्षित र विश्वसनिय हुनुका साथै पेपरलेस कारोबारलाई बढावा दिन सहयोग पुग्ने गरी संस्थाले प्रविधिलाई पछ्याउदै गएको संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *