सरोजराज पन्त
धम्पुस नेपालको गण्डकी प्रदेश, कास्की जिल्ला माछापुच्छे गाउँपालिका वडा नं ७ मा अवस्थित रमणीय गाउँ हो । यो गाउँमा ६२० वटा घरधुरीहरु रहेका छन । यस गाउँमा ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन जसमा धम्पुसकोट, भुमे मन्दिर, नेवोताल वराह, सिद्घवराह मन्दिर आदि रहेका छन भने पाराग्लाईडिङको लागि थाक डाँडा, तप्राङ मैदान आदि प्राकृतिक पर्यटकीय स्थलहरू रहेका छन । धम्पुस गाउँ वा अष्ट्रेलियाको क्याम्पमा रातभर शिविरको अनुभव गर्न सकिन्छ । स्थानीय लजहरूले क्याम्पिङ स्पटहरू र आवश्यक सहयोग गर्ने गर्दछन् । यस गाउँका अधिक सम्भावनामा एकपाल बस्ने आवास, आगन्तुकहरूलाई फायर क्याम्प र स्थानीय तरकारी, कुखुरा र खाना हुन । यो ठाउँ पर्यटकहरूका साथै फ्लिम सुटिङका लागि निकै प्रसिद्ध मानिन्छ ।
धम्पुस गाउँ अन्नपूर्ण संरक्षण क्षेत्रको प्रवेशद्वारमा अवस्थित अन्नपूर्ण आधार शिविर पदयात्रा र अन्य धेरै पदयात्राको मार्गमा रहेको पहाडबाट सूर्योदय र सूर्यास्त दृश्यहरू एक अद्भुत अनुभव हुने, अन्नपूर्ण हिमाल र मनास्लु पर्वतशृङ्खला देख्न सकिने एक महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । धम्पुस गाउँको क्षेत्रफल १५.४९ वर्ग कि.मी. रहेको छ । यहाँको जनसंख्याः २५३७ रहेकोमा महिला १४१० र पुरुष ११२७ रहेका छन । जम्मा घर धुरी ६२० रहेको यो गाउँको सिमाना पूर्वमा माछापुच्छ्रे गा.पा – ६, पश्चिममा अन्नपुर्ण गा.पा, उत्तरमा माछापुच्छ्रे गा.पा – ८, र दक्षिणमा अन्नपुर्ण गा.पा रहेका छन । यहाँ उदय मा.वि, पृथ्वीनारायण मा.वि, देउराली आ.वि, ज्ञानोदय आ.वि लगायतका बिधालयहरु रहेका छन । धम्पुस गाउँ मध्य कास्की जिल्लाबाट २५ किलोमिटर उत्तरमा अवस्थित छ । धम्पुस समुन्द्र सतहबाट १६५० मिटरको उचाइमा अवस्थित परम्परागत गुरुङ गाउँ हो । गाउँले जातीय गुरुङ समुदायको जीवनशैली अन्वेषण गर्ने अवसर प्रदान गर्दछ ।
धम्पुस गाउँको मौसम एकदमै हल्का र रमाइलो रहेको छ । यहाँ औसत वार्षिक तापक्रम १६ डिग्री सेल्सियस र औसत वर्षा ३९१६ मिलिमिटर पर्ने गर्दछ । यहाँ प्राय ः सबै मौसममा आन्तरिक र बाह्य पर्यटक घुम्न आउने गरेपनि वसन्त र शरद ऋतुमा मौसम स्पष्ट हुने भएकोले भिडभाड हुने गर्दछ । विशेषत शरद ऋतुमा (अक्टोबर र नोभेम्बर) धम्पुस गाउँ घुम्नको लागि उत्तम मौसम मानिन्छ । शरद ऋतु बाहेक, वसन्त (मार्च देखि मे) धम्पुस भ्रमण गर्न अर्को राम्रो मौसम मानिन्छ जुन मौसममा डाडाभरी लालिगुराँस फुलेर मनमोहक दृश्य बनाएको हुन्छ । अहिले मानिसहरू गर्मी मौसममा पनि धम्पुसको भ्रमण गर्छन् । जुलाई देखि सेप्टेम्बरसम्म यहाँ भारी वर्षा हुने भएकोले आन्तरिक र बाह्य पर्यटकको आगमनमा केही कमी हुन्छ । त्यसो त आन्तरिक र बाह्य पर्यटकका लागि जाडो मौसम सबैभन्दा राम्रो र मनोरञ्जनपूर्ण हुन सक्दछ किनकि आगन्तुकहरूले डिसेम्बरदेखि मार्चसम्मका चिसो दिनहरूमा फायर क्याम्पीङ सहितको आनन्द लिन सक्छन् ।
फेदी पोखरा लेकसाइडबाट करिब १५ किलोमिटर टाढा छ । यो पुग्न लगभग आधा घण्टाको ड्राइभिङ पछि पुग्न सकिन्छ । यो समुद्र सतह देखि ११३० मिटरको उचाइमा दुई पहाडको कुनामा अवस्थित छ । पोखराबाट ३१ किलोमिटरको पैदल यात्रा गरेपछि बाग्लुङ÷बेनी राजमार्गमा पर्ने काँडे पुग्नुहुनेछ । समुद्री सतहबाट १७७२ मिटरको उचाइमा अवस्थित काँडेसम्मको छोटो रमणीय ड्राइभको आनन्द लिन सक्नुहुन्छ । काँडे वा घटटे कुलो देखि धम्पुससम्मको पदयात्रा २ किलोमिटर पैदल हिडेपछि अष्ट्रेलियाको क्याम्प पुग्ग सकिन्छ । अष्ट्रेलियाली शिविरलाई स्थानीयमा ‘ठूलो खर्क’ भनिन्छ । अष्ट्रेलियाको शिविरको उचाइ समुद्र सतहबाट २०४५ मिटरमा रहेको छ । धम्पुसबाट यात्रुहरूले अन्नपूर्ण हिमालको मनोरम दृश्यको आनन्द लिन सक्छन् ।
सूर्योदय र सूर्यास्त दृश्य पनि यस स्थानबाट देखिन्छ । धम्पुस गाउँ पहाडी परिदृश्य र महान अन्नपूर्ण, माछापुच्छे लगायत हिमालय दृश्यहरू भएको सदाबहार पहाड हो । बिहान सूर्योदयको मधुर दृश्य देखिने, मूर्तिकला, पहाड दृश्यहरू र लालिगुराँसले रंगीन जंगली पहाड र फूलहरूको सुन्दर जंगल रहेको एक पहाडी रमणीय गाउँ हो । यो प्रकृतिको सुन्दर ठाउँले साँझमा सूर्यास्तको मनोरम दृश्य प्रदान गर्दछ । हिमालयको चुचुरोमा रंगहरू नाच्दा यात्रुहरूले उत्कृष्ट आश्चर्यको आनन्द लिन सकिन्छ । बसाइ सराइको असर देखिएको यो गाउँमा गुरुङ संस्कृतिमा पहिले धनी रहेता पनि अहिले र गाउँको गुरुङ समुदायको बस्ती कम रहेको छ । गाउँलेहरूले आफ्नो पुरानो संस्कृति र परम्परा पालन गर्ने हुँदा आन्तरिक र बाह्य पर्यटक यहाँ आउने गदर्र्छन् । जसलाई नयाँ पुस्ताले पछ्याउन सकेको खण्डमा सुन्दर बन्ने देखिन्छ ।
गुरुङहरूलाई वीरताको प्रतीक गोर्खाली भनिन्छ । जसले दोस्रो विश्वयुद्धदेखि भारत, सिङगापुर र बेलायती सेनामा सेवा गर्दै विदेशमा समेत देशको नाम राख्न सफल भएका छन् । गुरुङहरुको मुख्य व्यवसाय भनेको सेना, वैदेशिक रोजगार, पशुपालन, र कृषिमा भर्ती हुनु हो । अधिकांश गुरुङ अझै पनि आफ्नो संस्कृति, भाषा मौखिक परम्पराको माध्यमबाट चदल्छन् । जसले तिब्बती बौद्ध धर्मको अभ्यास गर्दछन् । तिब्बतको पूर्व बौद्ध धर्मले दशै, लोसार जस्ता प्रमुख हिन्दू चाडहरू पनि मनाउँदछन् । पश्चिमी तिब्बतको पुरानो पात्रो अनुसार उनीहरूले रोधी, पुटपुटे, घाटु प्रदर्शन गर्छन् । उनीहरूको मुख्य व्यवसाय भनेको पशुपालन हो, भेडाहरू हुर्काउने र शिकार गर्ने लगायत बेलायती सेना, सिंगापुर पुलिस र गोर्खा सिपाहीको साथै ब्रिटिश र भारतीय गोर्खा रेजिमेन्ट र सिंगापुर पुलिस, रिजर्व इकाईमा सेवा गर्नका लागि भर्ती हुने गर्दछन । धम्पुस यात्रा प्रकृतिको अनुपम स्थानको अवलोकन गर्न, गुरुङ समुदायको स्थानीय संस्कृति र परम्परा, उनीहरूको जीवनशैली बुझ्न उत्कृष्ट अवसर हुन सक्दछ । तिनीहरूले आफ्नो स्वादिष्ट परम्परागत खाना, सेवा र चाडपर्वहरूमा गुरुङ संस्कृति प्रदर्शन गर्दछन ।
विकासको पूर्वाधार बिना पर्यटन व्यवसाय सञ्चालन गर्न सम्भव हुँदैन । तर पनि धम्पुस क्षेत्रका मानिसहरु थोरै पूर्वाधारको विकास भए पनि सेवा प्रदान गरिरहेका छन् । जीवनका लागि नभै नहुने सिंचाइको स्रोत र साधनको अभाव यस क्षेत्रमा रहेको छ । यस्तै सडकका लागि ट्रयाक खोलिएपनि वर्षायाम र सबै मौसममा अपेक्षित सहज यात्रा गर्न सम्भव छैन । उर्वर भुमि भएपनि सिँचाईको अभावले गर्दा आलु, मुला, लसुन, मकै र फलफुल तरकारी खेती गर्न भु–वनोट र सम्भावना कुण्ठित भएको छ । केन्द्रिय प्रशारण लाइनवाट विद्युत सेवा प्रदान गरिएको भएपनि यस्तो प्रचुर पर्यटकिय सम्भावना वोकेको क्षेत्र समस्या झेल्न विवश रहेको छ । शिक्षा विकासको सम्भावना भने गाउँ ठाँउमा अवस्था अनुसार राम्रो मान्न सकिन्छ । भ्यु टावर, स्वास्थ्य चौकी आमा समुहको सक्रियातामा पु¥याउने सहयोग प्रभावकारी रहेका छन् ।
पाहुनाको इच्छा अनुसारसंगै वस्ने वा छुट्टा छुट्टै वस्ने व्यवस्था छ । खानाको लागि नेपाली परम्परागत ढाँचाको स्मरण हुने मनोरञ्जनात्मक व्यवस्था छ । यहाँको संस्कृति परम्परा र यहाँका मानिसहरुको सहयोगी भावना प्राकृतिक सम्पदा, भ्यु टावर, पर्यटकिय गन्तव्य, होमस्टे आदि यहाँका आकर्षणका केन्द्रविन्दु हुन् । वसन्त ऋतुको आगमनसंगै लालीगुराँस, ऐसेलु आदिले डाँडै मन्त्र मुग्ध पार्ने र समुधुर कोहिलीको स्वरमा गित संगितमा रमाउनु, उकालो काटदै जाँदा केहि थकाई महशुस गरेपनि सरर शितल हावा र त्यहाँका मानिसको सहयोगी भावना यस भेगका महत्वपुर्ण विशेषताहरु हुन् । व्यक्तिगत सम्पर्कका आधारमा पनि यहाँ आन्तरिक पर्यटकहरु आउने गरेका छन् । वढ्दो स्वतन्त्रता, संस्कृतिकरण, परसंस्कृतिकरण, विश्वव्यापीकरणसंगै युवा पुस्ता यस क्षेत्रमा आउने, रमाउने, वस्ने, खाने र मनोञ्जन लिने क्रम वढ्दै गएको छ । भौगोलिक कठिनाई, वहुपेशा, युवा युवतीहरु यस पेशाप्रति आकर्षित नहुन ,व्यवस्थापन कार्य वढि खर्चिलो हुनु, राज्यले आवश्यक लगानी र सम्भावनाको खोजीका लागि अपेक्षि पहल र प्रोत्साहित नगर्नु, सरसफाइमा चुनौति थपिनु ,सवै महिना र समयमा रेष्टुरेण्ट, होमस्टेको सञ्चालन नहुनु, विकासका पुर्वाधारहरुको कमि हुनु ,राज्यको तर्फवाट तालिम, गोष्ठि, सेमिनार आदि सञ्चालन गर्नमा चासो कम देखाउनु, वच्चाहरु पढाउन युवा पुस्ता, छोरा वुहारी वजार झर्दै जानु, आवश्यक रुपमा सवै मौसममा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्न नसक्नु केही समस्याहरु रहेपनि धम्पुस पर्यटन विकासका लागि महत्वपुर्ण सम्भावना वोकेको क्षेत्र हो ।
यस गाउँमा गुरुङ, मगर, बाहुन, क्षेत्री, कामी, सुनार आदि जात जातिहरु रहेका छन । जात अनुसार साँस्कृति विविधता पनि रहेको पाइन्छ । गुरुङहरुले दशै, तिहार ल्होसार प्रकृतिको पुजा गर्ने जस्तै हरेलो आदि मनाउदछन भने अन्य जातिले दशै, तिहार, तीज, माघेसक्रान्ति, साउने सक्रान्ति, लगायतका पर्व मेला तथा कार्यक्रम सञ्चालन गर्ने गर्दछन् । पुजापाठ विवाह, लगायतका संस्कारका क्रियाकलापमा वा्रह्मण पुरोहित राखेर पुजाआजा गर्ने प्रचलन रहेको छ । वाह्मण संस्कार अनुसार सवै क्रियाकलाप सञ्चालन हुने गरेको पाइन्छ । गुरुङ समुदायमा विवाहमा महिलाहरु स्वतन्त्र रहेका छन् । छोरीले छानेर गएमा वावुआमाको हस्तक्षेप हुदैन । लभ म्यारीज तथा एरेन्ज म्यारीज गर्ने परिपाटी यहाँ रहेको छ । १८ वर्ष नपुग्दै छोरीले विवाह गर्ने वा केटा रोज्ने प्रचलन रहेको छ । विवाह गर्न अर्थात केटा रोज्दा लाहुरे, विदेश गएको जागिर वालालाई मात्र रोज्ने प्रवृति रहेको छ । वर्तमान समयमा निजामति सेवामा प्रवेश गर्ने लहर पनि रहेको छ । गुरुङ समुदायमा लाहुरे हुने, व्यापार गर्ने प्रवृति वढि छ । तर पनि लाहुरे हुनै पर्ने प्रवृति नयाँ पुस्तामा देखिन्छ । गाँउमा वुढा वुढी,महिला केटाकेटीको वाहुल्यता यस समुदायमा पनि विद्यमान छ । खानपानमा सामान्य गरी ढिडो, आटो, कुखुराको मासु, खसीको मासु, च्याउ ,रोटी रक्सी आदि प्रख्यात छन् । लत्ता कपडामा पुरुषले सर्ट, पाइन्ट कोट, टिसर्ट, जुत्ता, चप्पल आदि । महिलाहरुले साडी, लुङ्गी, टिसर्ट पाइन्ट, सर्ट,कुर्ता,सुरुवाल, टुकी (नत्थी ), वुलाकीहरु लगाएको पाइन्छ । गाउँमा बुढाबुढीले गुरुङ भाषा बोले पनि केटाकेटी अन्य जातिका मानिसले नेपाली भाषाको प्रयोग गर्ने गरेको पाइन्छ ।
यहाँको गुरुङ समुदायमा धेरै पहिला रोधी अभ्यास भएपनि अहिले हटेको छ । भूमण्डलीकरणले यस सांस्कृतिक अभ्यासलाई प्रभावित गरेको पाइन्छ । आधुनिक मनोरञ्जनका साधनहरू, चलचित्र, नृत्य बार, हिन्दी, अंग्रेजी फिल्महरू, आधुनिक गीतहरू, पश्चिमी संस्कार, संगीत, प्रभाव, शिक्षा, पेशा, जनसंख्यामा परिवर्तन र युवाको कम रुचिले गर्दा रोधी संस्कृति हटेको छ ।
आपसी मेलमिलाप भाइचारा, दुःख सुख साटासाट गर्नमा यस भेगमा मानिसहरु तल्लीन रहेका छन् । महिला र पुरुषविचमा समानता रहेको देखिएता पनि कतै पुरुषको प्रभुत्व र कतै महिलाको प्रभुत्व रहेको देखिन्छ । यद्यपि महिलाले र पुरुषले एक अर्कालाई सर सहयोग गर्ने गरेको पाइन्छ । खानपान मेलापात निर्णयकारी आदि भुमिकामा महिलाले अधिकार लिएको पाइन्छ । पुरुष विदेशमा काम र, जागिर गर्ने परिवारमा मात्रै हैन । स्वदेशमै स्वरोजगार र जागिर गर्ने परिवारमा पनि लैङ्गिग समानता पाइन्छ । घरलाई सुसंगठित मजवुत र राम्रो वनाउन महिलालाई वढि जिम्मेवार रहेको देखिन्छ ।
हिमशिखर, टाकुराहरु, खोँच, जता गयौँ उतै आँखा लोभ्याउने दृष्यहरु रहेको धम्पुस क्षेत्र व्यापारिक, पर्यटकिय, धार्मिक, सांस्कृतिक, प्राकृतिक विषयमा अध्ययन गरी प्रत्यक्ष लाभ लिन सकिने देखिन्छ । यसको संर्वद्दन, प्रर्वद्दन र उचित समायोजन गर्न जनसमुदाय, सरकारी, गैरसरकारी स्तरवाट आजै गहन कार्ययोजना वनाएर लाग्न सकेको खण्डमा यस क्षेत्रको समग्र विकासमा ठुलो लाभ हुनेछ । त्यसैले दोषारोपण,तेरोमेरो भन्ने छाडेर हाम्रो पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आजैवाट सवै मिलेर थप सम्भावनाको खोजी गर्न र प्रयोग गरौँ ।
विकासका आधारशीला खडा गर्न जनसहभागितावाट काम गर्ने परिपाटीलाई बस्तुपरक रुपमा लागु गर्ने र राज्यलाई घच्घच्चाई काम गरेर यथोचित लाभ लिऔँ । पव्लीक, प्राइभेट पार्टनर सिपको अवधारणावाट फिल्डवर्क, हार्डवर्क र नेटवर्कको माध्यमबाट समुचित लाभ लिनसकेमा विदेशी भुमिमा पसिना वगाएर दुखजीलोमा जीवन गुजारी रहेका, उर्वर जीवन उस्तै आहुती गरेका, दुःख पाएका, नयाँ पुस्तालाई आफ्नै देशको माटोलाई माया गर्न सिकाउन सकिन्छ । यही रोजगार सिर्जना गदै पुर्खा र प्रकृतिले दिएका सम्पदाहरुको संरक्षण गरी सम्पन्न बन्न उदाहरणीय काम गर्न सबै एक ढिका भएर लागौँ ।