सञ्चालक समितिको क्षमता अभिवृद्धि गर्दै जनसेवा साकोस

आदर्श अनलाइन, पोखरा
जनसेवा वचत तथा ऋण सहकारी संस्था लिमिटेड कास्कीले सञ्चालकहरुका लागि सञ्चालन गरेको ५ दिने क्षमता अभिवृद्धि तालिम शनिवार गोरखामा सम्पन्न भएको छ ।

संञ्चालकहरुहरुलाई दक्ष बनाउनका लागि क्षमता अभिबृद्धि गराउने उद्देश्यका साथ पुस १३ गतेबाट शुरु भएको तालिममा संस्थाका सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरु र विभिन्न उप–समितिका सदस्यहरु गरि २२ जनाको सहभागिता रहेको थियो ।
तालिम समापन कार्यक्रममा बोल्दै संस्थाका पूर्व अध्यक्ष तथा पोखरा महानगरपालिका वडा नम्वर १९ का वडा सदस्य कृष्ण प्रसाद गौतमले संस्थाको संस्थागत क्षमता बढाउनुका साथै कार्यक्षेत्र विस्तार विस्तार गरेर अगाडि बढ्नुृ पर्नेमा जोड दिनुभयो । संस्थाले विभिन्न माध्यमबाट शेयर सदस्यहरुलाई सेवा दिइरहेको भन्दै आगामी दिनमा प्रोबेसन ब्राण्डको निरन्तरतासंगै एक्सेस कार्यक्रमको सफलता तर्फ अगाडी बढनुपर्ने कुरामा संञ्चालकले ध्यान जानुपर्ने गौतमले बताउनु भयो ।

गौतमले कास्की जिल्लामा प्रोबेसन ब्राण्ड प्राप्त गर्न सफल भई हाल एसिया स्तरको एक्सेस कार्यक्रमलाई निरन्तरता दिदै आएको संस्थालाई नेफ्स्कुनले प्रदान गर्ने यस वर्षको गण्डकी प्रदेश स्तरीय उत्कृष्ट साकोसबाट सम्मानीत भई थप जिम्मेबारी प्रप्त गरेको छ, संस्थालाई उचाइमा पुु¥याउनका लागी संञ्चालक समितिले नयाँ नयाँ योजना बनाएर अगाडि बढ्न उहाँले सुझाव दिनुभयो ।

संस्थाका अध्यक्ष चेतनाथ गौतमको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव दानबहादुर भुजेलले गर्नुभएको थियो ।

विभिन्न सामाजीक गतिविधि मार्फत सदस्यहरुलाई सेवा दिई रहेको संस्थाको कुल सम्पति २८ करोड, बचत २२ करोड, ऋण २३ करोड र संस्थागत पुँजी कुल सम्पतीको ५.७६ प्रतिशत रहेको संस्थाका व्यवस्थापक प्रेमसागर अधिकारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *