विद्यार्थीलाई साईबर अपराध सम्बन्धी सचेतना

आदर्श अनलाइन, बागलुङ
सामुदायीक सेवा केन्द्र एंव सामुदायीक प्रहरी सेवा केन्द्रको गुठीको आयोजनामा विद्यार्थीलाई साईबर अपधराध सम्बन्धी सचेतना प्रदान गरिएको छ । बागलुङ नगरपालिका–३ गुठी स्थित कालिका कन्या माध्यामिक विद्यालयका विद्यार्थीलाई साईबर अपराध सम्बन्धी सचेतना प्रदान गरिएको हो ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा केन्द्र गुठीका अध्यक्ष लिलादेवी खड्काले पछिल्लो समय बढ्दो समाजिक सञ्जालको प्रयोगले बालबालिकाहरु साईबर अपराधमा फस्दै गएको बताउनुभएको थियो । उहाँले पढ्ने, लेख्ने, खेल्ने र रमाईलो गर्ने उमेरका बालबालिका पछिल्लो समय घरको बन्द कोठाभित्र मोवाइल, इन्टरनेटमा मात्र सिमित हुँदा दैनिक दुखद् अपाराधिक क्रियाकलापहरु समेत बढ्न थालेको भन्दै सबै सचेत हुनुपर्ने बताउनुभएको थियो ।

उहाँले स–साना बालबालिका लागु औषधको शिकार हुँदै गएको, गलत क्रियाकलापमा सहभागी हुदै गएको र परिवार समाजबाट टाढिदै गएको प्रति चिन्ता व्यक्त गर्दै विद्यालय र घर परिवारले आफ्ना बालबालिका प्रति थप सजगता अपनाउनुपर्ने बताउनुभएको थियो । परिवार, समाज र देश प्रति बालबालिकालाई उत्तरदायी बनाउँनको लागि मोवाइल फोन र इन्टरनेटबाट बाहिर निकालेर रचनात्मक क्रियाकलापमा जोडनुपर्नेमा खड्काको जोड थियो ।

कार्यक्रममा विद्यार्थीलाई लागु औषध, घरेलु हिंसा, साइबर अपराध सम्बन्धी सचेतनामुलक डकुमेन्ट्री देखाईएको थियो । कार्यक्रमलाई बागलुङ नगरपालिका वडा नम्बर ३ ले सहयोग गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *