प्रेस चौतारी बागलुङको जिल्ला अधिवेशन पाैष २९ गते

आदर्श अनलाइन, बागलुङ
प्रेस चौतारी नेपाल बागलुङको अधिवेशन पाैष २९ गते हुने भएको छ । सोमबार बसेको जिल्ला शाखा बागलुङको बैठकले केन्द्रीय कमिटिको निर्देशन अनुसार पाैष २९ गतेका लागि अधिवेशन गर्ने निर्णय गरेको हो । छैठाैँ अधिवेशनले नयाँ नतृत्व चयन गर्ने छ ।

अधिवेशनका लागि आवश्यक तयारी गर्न बैठकले विभिन्न उप-समितिहरु गठन गरेको छ । सदरमुकाम बागलुङ बजारमा हुने अधिवेशनमा जिल्लाभरबाट १ सय भन्दा धेरै सदस्य सहभागि हुने अध्यक्ष उमाकान्त शर्माले जानकारी दिनुभयाे । चौतारीले हरेक वर्ष प्रदान गर्दै आएको प्रेसचौतारी कृयाशिल पत्रकारीता पुरस्कार यस वर्ष प्रदान गर्ने भएको छ ।

विविध कारणले तीन वर्षदेखि रोकिएको पुरस्कार यस वर्ष प्रदान गरिने अध्यक्ष शर्माले जानकारी दसनुभयाे। पुरस्कार वितरणका लागि कृयाशिल पत्रकार छनौट गर्न तीन सदस्य रहेको छनोट समति गठन गरिएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय सल्लाहकार राम बहादुर जिसी संयोजक रहेको छनोट समितिमा केन्द्रीय सदस्य तारानाथ आचार्य र जिल्ला अध्यक्ष उमाकान्त शर्मा सदस्य रहेका छन् ।

अतिथि सत्कार उप–समितिको संयोजकमा सिर्जना पन्त, आर्थिक व्यवस्थापन समितिको संयोजकमा उमाकान्त शर्मा, प्रतिनिधि व्यवस्थापन उप–समितिको संयोजकमा नविन शिशिर विक, मञ्च व्यवस्थापन समितिको संयोजकमा अर्जुन कार्की रहेका छन् ।

अन्य उप–समितिहरु समेत गठन गरेर जिम्मेवारी प्रदान गरिएको उपाध्यक्ष नविन शिशिरले बताउनुभयाे । बैठकले पुस २३ गतेबाट सुरुहुने नेकपा एमालेको ९ औं जिल्ला अधिवेशन सफल पार्न रचनात्मक सहयोग गर्ने निर्णय समेत गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *