म्याग्दीमा एमाले जिल्ला अधिवेशनको तयारी तीव्र

आदर्श अनलाइन, म्याग्दी
नेकपा (एमाले) म्याग्दीको नवौँ जिल्ला अधिवेशनको तयारी तिब्र पारिएको छ । पुस २३ र २४ गते सदरमुकाम बेनीमा हुने अधिवेशनका लागि जिल्लाका सबै वडाबाट प्रतिनिधि छनोटको काम सकिएको छ । प्रतिनिधि छनोटसँगै चुनावको सरगर्मी बढेको छ । आगामी नेतृत्वका लागि जिल्ला स्तरका नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल पार्नका लागि विभिन्न उपसमिति गठन गरि तपारीलाई तीव्र पारिएको छ ।

जिल्लाको सबै वडा, पालिका, जनसंगठनबाट अधिवेशनमा भाग लिनका लागि ४५० बढी प्रतिनिधि छनौट भएको एमाले जिल्ला सचिब बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, आवास व्यवस्थापन, प्रचार प्रसार लगायतका विभिन्न ११ वटा उपसमिति मार्फत तयारीलाई तिब्र पारिएको छ । पार्टी कार्यालय हाँडेभिरमा अधिवेशनलाई लक्षित गरि सचिबालय सञ्चालनमा ल्याइएको छ ।

एमाले म्याग्दीले ५ जना सङ्गठित सदस्य बराबर एक दलित प्रतिनिधि, १० जना बराबर एक महिला र अन्यको हकमा १६ जना बराबर एक जना प्रतिनिधि छनौट गरेको जनाएको छ । त्यसैगरि मजदुर संगठनबाट ५ जना र अन्य जनबर्गीय संगठनबाट एक जना महिला अनिवार्य सहित दुई÷दुई जना प्रतिनिधि चयन गरेको जनाइएको छ । अधिवेशनको उद्घाटन समारोहमा अधिवेशन प्रतिनिधि संगै पार्टीका नेता तथा कार्यकर्ताहरुले समेत सहभागीता जनाउने एमाले म्याग्दीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *