उत्पादन क्षेत्रमा लगानी बढाउदै राष्ट्रिय सहकारी बैंक

आदर्श अनलाइन, पोखरा
सहकारी संस्था समेटिएर बनेको एक मात्रै बैंक राष्ट्रिय सहकारी बैंकले उत्पादन क्षेत्रमा लगानी बढाउदै गएको छ । बैंकहरुले अनुत्पादक क्षेत्रमा लगानी गर्दै आएको आरोप लाग्दै आएको छ । सहकारी क्षेत्रसंग जोडिएको राष्ट्रिय सहकारी बैंकले ३ अर्बको सेयर पुँजी बढाए ८ अर्ब पु¥याउदै उत्पादन क्षेत्रमा लगानी बढाउदै जाने जनाएको छ ।

No description available.

गण्डकी प्रदेशको राजधानी पोखरामा राष्ट्रिय सहकारी बैंकको १८ औं वार्षिक साधारणसभाको सन्दर्भमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बैंकले सहकारीहरुलाई लगानी गर्दा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका आग्रह गर्दै आएको र आगमी दिनमा कुन क्षेत्रमा लगानी गर्नै भन्ने तथ्याङक संकलन गर्न शुरु गर्ने राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिनुभयो ।

बैंकले १८ औं वार्षिक साधारणमार्फत विनियम संशोधन गरी ३ अर्बको सीमालाई सेयर पुँजी ८ अर्ब पु¥याउने जनाउदै तरलता व्यवस्थापनमा लागेको जनाएको छ ।

No description available.

देशभर ३० हजार सहकारी छन् । बैंकले १५ हजार भन्दा बढी सदस्यलाई समेटेको छ । पुँजी बढाएर सबै सहकारीलाई पूर्ण वित्तीय सेवा दिने उद्घोषका साथ बैंकले पूँजी बढाउँदै लगेको छ ।

बैंकले पहिलो पटक भौतिक रुपमा १८ औं एकाई साधारणसभा देशभरका प्रदेश अन्र्तगत पुस १६ गते धनगढीबाट शुरु भएको थियो । एकाईगत साधारणसभा अन्र्तगत पुस २२ गते बिहीबार गण्डकी प्रदेशको राजधानी पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेल नेपालीको प्रमुख आतिथ्यतामा हुन गइरहेको सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले जानकारी दिनुभयो । बैंकले पुस ३० गते प्रतिनिधिहरुको साधारणभा काडमाण्डौमा गर्ने भएको छ ।

No description available.

बैंकको ४४ शाखा रहेकोमा ५४ प्रतिशतले वृद्धि गरी ६८ वटा शाखा बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताउनुभयो । गुरागाईले सहकारी र प्रविधिबीच काम गर्न डिजिटल बैंकिङ युनिट बनाउने भन्दै अब बाणिज्य बैंक संग प्रतिस्प्रधागर्न सक्ने बैंक बनाउने बताउनुभयो ।

बैंकले सिबिएस स्तरोन्नती, कर्जा व्यवस्थापन सफ्टवेयर कार्यान्वयनमा ल्याउने भएको छ । पत्रकार सम्मेलनमा चेक किलिरियन्सको, तरलता संकट र अनुत्पादक क्षेत्रमा लगानी गरेको गुनासो राखेका थिए । पत्रकार सम्मेलनमा २ नम्बर प्रदेशका संयोजक मेहेन्द्र गिरी र सञ्चालक माधवलाल देवकोटाले एकाईगत साधारणसभा, बैंकको हालको अवस्था र भावी योजनाका विषयमा जानकारी गराउनुभएको थियो ।

No description available.

पत्रकार सम्मेलन राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रतीको अध्यक्षता, सञ्चालक तथा गण्डकी प्रदेश संयोजक राम बहादुर जिसीको सञ्चालन र सहकारी बैंकका सञ्चालकनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *