काठेखोलामा काँग्रेसको संगठन सुदृढिकरण अभियान

आदर्श अनलाइन, बागलुङ
नेपाली काँग्रेस बागलुङले जिल्लाव्यापी संचालन गरेको संगठन सुदृढिकरण तथा कार्यकर्ता भेटघाट अभियान बुधबार काठेखोला गाउँपालिकाको अक्षेते बजारमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेस बागलुङका सचिव हरिहर शर्माले हिजो आफ्नो पार्टी भित्रको अधिवेशनमा जे जस्तो भए पनि अब सवै एक जुट भएर संगठन निर्माणका लागि जुट्नुपर्ने बताए ।

उनले अगामी निर्वाचनमा काँग्रेसको पक्षमा नेतृत्व ल्याउनका निम्ती जिल्लाभरीनै संगठन सुदृढिकरण अभियान संचालन गरेको बताए । शर्माले सवै कार्यकर्ताहरु निर्वाचन केन्द्रित भएर गाउँ गाउँ र टोल टोलमा संगठन निर्माण गर्नका लागि आग्रह गरे ।

कार्यक्रममा काँग्रेस बागलुङका सह–सचिव एवं काठेखोला गाउँपालिकाका संयोजक फमबहादुर खत्रीले अगामी निर्वाचन लक्षित गरेर काँग्रेसले हरेक वर्ग र समुदायको सहभागिता हुने गरी संगठन निर्माण अभियानमा जुटेको बताए ।

कार्यक्रममा जिल्ला सहसचिव ज्ञानु शर्मा श्रीष, नेपाली काँग्रेस बागलुङका नेता एवं महासमिति सदस्य जगदशिचन्द्र उपाध्याय, पुर्व क्षेत्रीय सभापति होमबहादुर हमाल, निवर्तमान प्रदेश सभापति शिव प्रसाद कंडेल, प्रदेश प्रतिनिधि भवानी प्रसाद कंडेल नेविसंघका अध्यक्ष खडक थापा, काठेखोला गाउँपालिका १ का सभापति गणेश नेपाली, २ का सभापति विदुर भण्डारी, ३ का सभापति दिपेन्द्र राना, ४ का सभापति विष्णु आले ५ का सभापति हरि सापकोटा, ६ का सभापति बृहस्पती कंडेल र वडा नं. ८ का सभापति मोमबहादुर रोका लगायले अभियानलाई सार्थकता दिनका लागि आफ्नो क्षेत्रमा अग्रसर हुने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रम काँग्रेस काठेखोला गाउँपालिकाका सभापति यामदत्त कंडेलको अध्यक्षता, उपाध्यक्ष देवेन्द्र खड्काको स्वागत र सचिव चन्द्रकुमार पुनको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *