मेडिकल कलेजको मनोमानी रोक्न शिक्षामन्त्री पौडेलले थाले अनुगमन

आदर्श अनलाइन, काठमाडौँ
मेडिकल कलेजले विद्यार्थीबाट बढी शुल्क लिएको गुनासो आएपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अनुगमन थाल्नुभएकाे छ । कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका बेला बिहीबार मन्त्री पोडेल भक्तपुरको काठमाडौं मेडिकल कलेज (केएमसी) पुगेर समस्याबारे जानकारी लिनुभएकाे हाे ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित पुग्नुभएका मन्त्री पौडेलले कलेजका प्रिन्सिपल डा. रतिन्त्रनाथ श्रेष्ठसँग विद्यार्थीको आन्दोलन र कलेजले बढी शुल्क लिएको भन्ने विषयमा जानकारी लिनुभएकाे थियाे ।

सो क्रममा प्रिन्सिपलले आफूहरुले बढी शुल्क नलिएको र चिकित्सा शिक्षा आयोगका कारण समस्या भएको पटक पटक मन्त्रीसँग गुनासो गर्नुभयाे । यसपछि प्रमुख जिल्ला अधिकारी शर्मालाई विद्यार्थीका प्रतिनिधि, अभिभावक र कलेजका प्रतिनिधिबीच छलफल राखेर मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिनुभयाे ।

साथै मन्त्री पौडेलले आफूहरूले शुल्क बढी नलिए प्रमाणित गर्न प्रिन्सिपल श्रेष्ठलाई चुनौती पनि दिनुभयाे ।  प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुक्रबार बिहान साढे १० बजे वार्ता गराउने हुनुभएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *