बागलुङ २ को प्रारम्भिम मत सार्वजनिक, कांग्रेसको अग्रता

बागलुङ जिल्लाको क्षेत्र नम्बर २ को प्रदेश ख मा भएको उपनिर्वाचनको मतगणना प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।

आज मध्यान्हदेखि शुरु भएको मतगणनाको प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ ।

प्रारम्भित मत परिणाम अनुसार ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनले ५ सय २५ मत प्राप्त गरेका छन् । बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाहीले ३ सय ८६ मत प्राप्त गरेका छन् ।
समाजवादी पार्टीका अशोक बिकले ७०, बागी उम्मेदवार शेरमान घर्तीको क्लिप चिन्हमा ९, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले ६, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले २ मत प्राप्त गरेका छन् । १० मत बदर भएको छ । वडागत रुपमा गणना शुरु गरिएकोमा ढोरपाटन नगरपालिका १ पछि तमानखोला गाउँपालिकाको वडा नम्बर १ को मतगणना शुरु भएको छ ।

कुल ३५ हजार १ सय ८४ मतदाता रहेको बागलुङमा यस पटक २१ हजार ४ सय मत खसेको छ । अघिल्लो निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो । आज राति अबेर सम्ममा अन्तिम मत परिणाम आउने जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *