सहकारीका ‘प्रेरक कर्म’ समेटिएको पुस्तक सार्वजनिक

आदर्श अनलाइन, पोखरा
सहकारीले गरेका नमूना प्रेरक कर्म समेटिएको पुस्तक सार्वजनिक भएको छ । गण्डकी प्रदेशमा उत्कृष्ट कार्य गरेका मध्ये केही प्रतिनिधिमुलुक सहकारीहरुको कर्म समेटिएको उक्त पुस्तक राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा अन्तरगत गण्डकी प्रदेशको सभामा सार्वजनिक गरिएको हो ।

राष्ट्रिय सहकारी बैंकको वार्षिक साधारणसभाको विशेषांकका रुपमा प्रकाशन भएको उक्त पुस्तकको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेल नेपाली, पूर्वमन्त्री तथा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा मगर र राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले संयुक्त रुपमा सार्वजनिक गर्नु भएको थियो ।

राष्ट्रिय सहकारी बैंकको संयोजन तथा आदर्श सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित आदर्श सञ्चार डटकमको सम्पादनमा उक्त पुस्तक तयार गरिएको हो । सहकारीले उदेश्य अनुरुप चलेको, उत्पादनमुखी र रोजगारी समेत प्रदान गरेका गण्डकी प्रदेशका १० सहकारीहरुका प्रेरक कर्म समावेश गरिएको आदर्श सञ्चार डट कमका संस्थापक सम्पादक राम बहादुर जिसीले जानकारी दिनुभयो ।

“सहकारी नाफा केन्द्रित भएको उत्पादन मुखी नभएको र उदेश्य अनुरुप नचलेको आरोप छ” जिसीले भन्नुभयो “तर साच्चै सहकारीले राम्रो काम पनि गरेका छन् भन्ने कुरा बुझाउन जरुरी छ, त्यसैले सहकारीको सकारात्मक कर्म र उनीहरुले सञ्चालन गरेका उद्यमको विषयमा बैंकको साधारणसभाका अवसमा पुस्तक प्रकाशन गरिएको हो ।”

पुस्तकमा सहकारीका प्रेरक कर्म संगै गण्डकी प्रदेशमा सहकारीको अवस्था, राष्ट्रिय सहकारी बैंकका शाखाहरुको अवस्था, नेपालमा सहकारीको वर्तमान अवस्था लगायतका लेख तथा अन्तरवार्ता समेत समावेश गरिएको छ । पुस्तकमा सहकारीहरुले पशुपालन, शित भण्डार, अर्गानिक बस्तुको बजारीकरण, दूध तथा दूग्धजन्य पदार्थ उत्पादन, फूलको व्यापार र पर्यटन सहकारी लगायतका विषयलाई समेटिएको सहकारीले जनाएकोे छ । धौलागिरीको पहिलो सञ्चार सहकारी आदर्श सञ्चार सहकारीद्वारा धौलागिरी जागरण दैनिक अग्रसर साप्ताहिक पत्रिका र आदर्श सञ्चार डटकम सञ्चालित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *