सज्जन कुमार सिँह
आफूलाइ सबैभन्दा क्रान्तिकारी र समावेशी चरित्रको पार्टि बताउने माओवादी केन्द्रले आफ्नो ऐतिहासिक महाधिवेशन सम्पन्न गरेको छ । राष्ट्रिय सम्मेलनलाई रातारात महाधिवेशनमा परिणत गरेको माओवादी केन्द्रले सात–आठ दिन सम्म देश र विश्व भू–राजनीति लगायतका अनेकौ विषयहरुमा घोत्लियो । अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनैतिक कार्यपत्र माथि हप्तादिन बढि छलफल सहित केहि सुधार गरि उक्त आधारपत्रलाई पारित ग¥यो ।
पछि पािरएका, राज्य दमन गरेका जात, क्षेत्र, वर्ग, लिंग आदिको राज्यमा विशेष उपस्थिती गराउने मुख्य एजेण्डा बोकेर समानुपातिक प्रतिनिधत्वको रटान गर्ने माओवादी केन्द्रको केन्द्रीय सदस्यमा त्यो कुरा आंशिक रुपमा मात्र लागु भयो । अझै बढि रोचक कुरा त २३६ जना केन्द्रीय सदस्य हुँदा १९ जोडि नेता नेत्रीले केन्द्रीय सदस्य पड्काए । १९ जोडी श्रीमान श्रीमती नै केन्द्रीय सदस्य भएको पार्टी सायद माओवादी केन्द्र बाहेक अरु छैन । त्यसैले पनि यो ऐतिहासिक उपलब्धिलाई वल्र्ड रेकर्डमा समावेश गर्नुपर्ने भएको छ । १९ जोडी मध्ये महिला पुरुष नै सक्रिय होलान् ? उनीहरुको योगदान पनि होला तर अन्ततः अन्य दलमा जस्तै पद ओगट्ने र पार्टीलाई बुढाबुढी र परिवारको पेवा सम्झने जुन प्रवृत्ति देखियो यो निकै गम्भिर कुरा हो । यसले पार्टीलाइ बलियो मात्र होइन् अझै कमजोर र जनताको नजरमा गिराउने काम गर्ने छ ।
एउटै परिवारमा एकजना मात्र केन्द्रीय सदस्य बसेर पछि पारिएका, सधै छायाँमा परेका, विभिन्न नसमेटिएका भूगोलहरुलाई समावेश गराउनु पथ्र्यो तर अन्ततः समाजवादको यात्रामा आफ्ना जोडीहरु विना खल्लो महसुश गरेर पनि होला १९ जोडि परेवाहरु छुटिनै नसक्ने अवस्था रहेनछ ।
माओवादी अध्यक्ष प्रचण्डले हालसालै गरेका केहि उद्घोषले पार्टी पहिलो बनाउन उर्लेका जनहरु यस्तै मन कुडिने निर्णयहरुले फेरि लल्यान पत्यान हुने पो हुन् कि भन्ने चिन्ता लागेको छ । अझै लाजर्मदो कुरा त सक्रिय राजनीति र सबै क्षमताले भरिपूर्ण नेता, नेतृहरु पनि कोटाबाट नेतृत्वमा पुग्नु । कोटाहरुको मर्म के हो ? समावेशिताको मर्ममा कोटाको अर्थ के हो ? यसरी मुख्य व्यक्तीहरु नै कोटाको कठालो समातेर आफ्नो स्थान सुनिश्चत गर्ने अनि कोटाको लक्षित समुह झुपडी कै कोठामा रोएर बस्नुपर्ने ? यो कुरामा माओवादी गम्भिर बन्नै पर्छ ।
माओवादी केन्द्र बागलुङमा आस्था राख्ने एकजना साथीले खुब रन्किएर फोन गरे । जिल्लाका मुख्य प्रभाव भएको ठाउँका नेताहरु नै केन्द्रमा अटाउन सकेनन् । यसरी सबै भन्दा बढि प्रभाव क्षेत्रबाट कुनै पनि प्रतिनिधित्व नहुने, पहुँच र भनसुनका आधारमा कुनै व्यक्तीलाई च्यापेर अधि बढ्नु तत्कालका लागि र केहि व्यक्तीका लागि फाइदाको कुरा भएपनि त्यो वैज्ञानिक हुँदैन । यसले अन्ततः भोेलिका दिनमा पार्टीलाई कुनै न कुनै रुपमा भालुको कम्पडो बन्ने निश्चित हुन्छ । यस्ता कुरामा नेतृत्व गम्भिर बन्नै पर्छ ।
बागलुङ नगरको खाल्डोलाई ठेगाना ठान्ने तर ंसंगठन बनाउनै नपर्ने, चुनाव आउँदा माग्ने, जनतासँग कहिल्यै मुख देखाउनै नपर्नेहरुले जनयुद्ध र गरिव, दुखीका छोराहरुको सहादतको व्याज खाएर कहिले सम्म टिक्ने ? उनको यो प्रश्न गम्भिर थियो ।
हुन पनि माओवादीका केहि नेताहरु जनयुद्धलाई भजाएर झुपडी र आफ्नो घरपरिवारको मुख्य खाबो भाँचेर आहुती दिएका तमाम सर्वहाराहरुको बलिदानीको व्याज खाइरहेका छन् । त्याग, निष्ठाको राजनीतिको रटान गरेर नथाक्ने, आफू भन्दा फरक इतरका दलको कार्यशैलीलाई सधै प्र्रश्न चिन्ह खडा गरेर आफूलाई सधै भिन्न र क्रान्तिकारी ठान्ने माओवादी र यसका नेताहरुको यो चरित्र के हो ? के यस्तै चरित्रले माओवादीको गुमेको साँख फर्किन्छ ? के माओवादी प्रति आस्था राख्नेहरुको मत प्रशन्न हुन्छ ? सबै भन्दा पहिला यो गलत प्रवृत्तिलाई मुल्याँकन नगरी, आत्म समिक्षा नगरी एक कदम अघि बढ्न सक्दै सकिदैन ।
माओवादी केन्द्र आफैले अघि सारेको एक व्यक्ती एक पदको अवधारणा के हो ? एकजना व्यक्ती नै हरेक पदमा बस्ने, मन्त्री उहि बन्नु पर्ने, उही इन्चार्ज बन्नु पर्ने अनि अन्य सबै कुरामा एकजना व्यक्तीले नै ओगटे पछि अरु नेताहरुको काम तमाशा हेर्नु मात्र होइन् ? त्यसैले विशेष समयमा नेताहरुले तमाशा हेरिदिन्छन् कारण यहि हो ।
पार्टीलाई फेरि सहि लिंकमा हिडाउने हो भने आम सर्वहारा वर्गको, आम शोषित पीडितहरुको, पछाएिका क्षेत्र, लिंग जातीको सहि प्रतिनिधित्व हुनै पर्छ । एउटा घरमा एकजना केन्द्रीय सदस्य हुँदा एकजनाले त्याग गरेर अन्यलाई अवसर दिन किन सकिदैन ? श्रीमान श्रीमतीको जोडी बिना के पार्टी अघि बढ्न नसक्ने हो ?
अहिलेको नयाँ केन्द्रीय समितीको लिस्टमा शहिद परिवारबाट कति जना आए ? उत्पीडित दलित समुदायबाट कति जना आए ? पछि पारिएका क्षेत्रबाट कति जना आए ? यी सबै तथ्याँकलाई हेरौ त ? के यो तथ्याँक चित्त बुझ्दो छ ? यसले पार्टीलाई सबल बनाउन सक्छ ? आफ्नो वडामा समेत चुनाव जित्न नसक्ने व्यक्तीलाई केन्द्रीय सदस्यको भारी बोकाउनु पर्ने कारण केहो ? हिजो जुन त्याग गरियो त्यहि त्यागले देशका केहि परिवर्तनहरु देखियो । मुख्य नेतृत्वबाट नै त्याग र बलिदानीको सुरुवात भयो भने यसले सम्पुर्ण नेता कार्यकर्तामा उर्जा पैदा हुन्छ । आफ्नो नेतृत्वप्रति गर्व र सहानुभूति हुने वातावरण नभएसम्म उनीहरुको उर्जा पानी हालेको भुँगोरो जस्तो हुन्छ । त्यसैले एक पटक फेरि सकेसम्म त्यागी बन्ने, सकेसम्म जिम्मेवार बनेसम्म जनयुद्ध, जनआन्दोलन र माओवादीले भन्ने गरेको समाजवादको यात्रा र बाटोमा ठुला भ्याँगहरु परिहन्छ र त्यहि भँगालाकोमा अड्किरहन्छ । माओवादी नेतृत्वलाइ चेतना भया ।