नेकपा एमाले बागलुङको नवौं जिल्ला अधिवेशन सुरु

आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले बागलुङको नवौं जिल्ला अधिवेशन सुरु भएको छ । नेकपा एमालेको नवौं महाधिवेशन देशभरका ६१ जिल्लामा एकसाथ शुरु भएको छ । हिमाली जिल्लामा हिमपातका कारण महाधिवेशन हुन सकेको छैन ।

देशभरका जिल्लामा एक साथ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट जिल्ला अधिवेशन शुरु भएको थियो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले समतीमै जिल्ला नेतृत्व टुङ्गाउन आग्रह गर्नुभएको छ ।

No description available.

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले पोलिटव्यूरो सदस्य तथा युवा तथा खेलकूद विभागका प्रमुख लिला बहादुर थापाले अहिलेको पाँच दलिय गठबन्धन नै प्रतिगमनको असली उदाहरण भएको बताउनुभयो । यस्तै नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा गण्डकी प्रदेशका सह–इन्चार्ज मन कुमारी के.सी नेकपा एमाले जनताको सेवामा समर्पीत पार्टी रहेको भन्दै केपी ओलीको नेतृत्वमा समृद्ध नेपाल सुखी नेपालीको सपना साकार हुँने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य गोविन्द बहादुर नेपाली, सह–इन्चार्ज तथा केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा, केनिद्य्रयि सदस्य तथा बैदेशिक मामिला विभागका उप–प्रमुख कृष्ण बहादुर केसी, केन्द्रिय सदस्य तथा बागलुङका सह–इन्चार्ज डा. पूर्य पाठक, केन्द्रिय सदस्य तथा सह–इन्चार्ज सावित्रा राना, बागलुङ नगरपालिकाका नगरप्रमुख तथा पूर्व जिल्ला कमिट अध्यक्ष जनकराज पौडेल, नेपाली कांग्रेसका जिल्ला सभापती जित शेरचन, नेकपा माओवादी केन्द्रका नेता राजिव घिमिरे र राजमोका उपाध्यक्ष धर्म कुँवरले शुभकामना मन्तव्य व्यक्त गर्नूभएको थियो ।

No description available.

कार्यक्रम कार्यवाहक अध्यक्ष कृष्ण पाठकको अध्यक्षता, उपसचिव गणेश बहादुर थापाको स्वागत तथा सचिव विष्णु भुषालको सञ्चालनमा सम्पन्न भएको थियो । एमाले नवौँ जिल्ला अधिवेशनमा सहभागी जिल्लाका ८५ वटा वडा, दश स्थानीय तह, जिल्ला कमिटी र जनवर्गीय संगठनबाट कुल ६०३ जना प्रतिनिधि, अतिथि र सुभेच्छुक नेता कार्यकता गरी झण्डै एकहजार नेता कार्यकर्ता अधिवेशनमा सहभागी भएको नेकपा एमालेले जनाएको छ । नेकपा एमालेको बन्द सत्र शनिबार हुँनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *