मित्रमिलन सहकारीद्वारा आँखा परीक्षण शिविर

आदर्श अनलाइन, पोखरा
पोखराको एक सहकारीले सामाजिक उत्तरदायीत्व अन्र्तगत आँखा परीक्षण शिविर सम्पन्न गरेको छ । मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्य सेवा केन्द्र कसेरीको प्रथम वार्षिकोत्सवको अवसरमा आँखा शिविर सम्पन्न भएको छ ।

हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा आज कसेरी स्थित सदस्य सेवा केन्द्र परिसरमा शिविर सम्पन्न भएको हो । शिविरमा ६ सय जनाको आँखा जाँच गरिएको छ । जस मध्ये १५० जनालाई चस्मा उपलब्ध गराइएको छ भने ६ जनालाई थप उपचारका लागि अस्पताल रिफर गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा हिमालय आँखा अस्पतालकी नेत्र अधिकृत सशीकमला लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष रमण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कुशल पौडेलले गरेका थिए ।
नयाँबजार स्थित प्रधान कार्यालय रहेको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विविध अवसरमा समाजलाई प्रत्यक्ष लाभावन्वित हुने विधिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *