सिम्रिकको साधारण सभा, सहकारीले रणनीतिक योजना बनाएर कार्य गर्नुपर्दछ : सञ्चालक जिसी

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले सहकारीहरुले रणनैतिक योजना बनाएर संस्थालाई अगाढी बढाउनुपर्ने बताउनुभएको छ ।

सिम्रिक कृषि तथा पशु व्यावसायिक सहकारी संस्था बागलुङले आफ्नो ७ औं वार्षिक साधारण सभाका अवसरमा बोल्दै जिसीले सहकारीले स्थापनाकालदेखि आफ्नो उद्देश्य अनुरुप व्यावसायीक कृषि उत्पादनमा लागेकोले अन्य सहकारीले समेत यसको सिको गर्नुपर्ने बताउनुभयो ।

‘सहकारीहरु उदेश्य अनुरुप नचलेको गुनासो छ तर सृम्रिक कृषि सहकारीले उखु, बेसार लगायतका कृषि उपज उत्पादन संगै बजारीकरण गरेको छ’ जिसीले भन्नुभयो ‘अब हस्तक्षेपकारी भूमिकाबाट कृषिको उत्पादन, ब्राण्ड र बजारीकरण गर्न आवश्यक छ यसमा रणनैतिक योजना बनाएर अगाढी बढौं हामी सदैब साथमा हुनेछौ ।’

कार्यक्रममा बिवाइसी बागलुङका अध्यक्ष तथा सहकारीका संस्थापक अध्यक्ष मणिभद्र शर्मा, जिल्ला कृषि सहकारी संघका अध्यक्ष तथा संविधानसभा सदस्य नर बहादुर थापा, कृषि ज्ञान केन्द्रका वाली विकास अधिकृत दिनेश पाठक, संस्थाका सल्लाहकार महादेव सापकोटा, डिल बहादुर कार्की, कानूनी सल्लाहकार हरीकृष्ण सुवेदी र शेयर सदस्य उमादेवी केसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सचिव रमेश पौडेलको प्रगती प्रतिवेदन, कोषाध्यक्ष जग्गनाथ सापकोटाले आर्थिक प्रतिवेदन र लेखा समिति सदस्य सोविता केसीले लेखा सुपरिवेक्षेकको प्रतिवेदन प्रस्ततुत गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट कारोबारकर्ता, उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट ऋणी, उत्कृष्ट दिर्घकालिन बचत गर्ने शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।

सहकारीमा हाल ७६५ शेयर सदस्य, एघार करोड ८७ लाख ७३ हजार शेयपूजी, दुई करोड ६५ लाख ३५ हजार बचत रहेको छ । कार्यक्रम संस्थाका अध्यक्ष चुडामणी उपाध्यायको अध्यक्षता, सह–सहिच रत्ना भण्डारीको स्वागत तथा सचिवज रमेश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *