व्यापार बचत तथा ऋण सहकारीको नवौँ वार्षिक साधारण सभा

आदर्श अनलाइन, बागलुङ
व्यापार बचत तथा ऋण सहकारी संस्था लि बागलुङको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सधारण सभालाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी बैंक बागलुङका प्रबन्धक युवराज त्रिपाठीले पछिल्लो समयमा सहकारी खुल्ने क्रम बढ्दो रहेको भन्दै सेवामुकल क्षेत्रमा काम गर्ने कमै मात्रै भएको बताउनुभयो ।

त्रिपाठीले सहकारीले ऋण तथा बचतको मात्रै काम नगरी उत्पादन क्षेत्रमा पनि काम गर्नु पर्नेमा जोड दिनुभयो । बचत तथा ऋण सहकारीले नाफा कमाउने दाउमा नागरिकलाई मर्कामा पार्ने गरेको भन्दै सेवामुकल कामलाई जोड दिनु पर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा संस्थाका सचिव गोकुलप्रसाद कँडेल संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष रविन्द्रकुमार श्रेष्ठले लेखा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार युगेश्वर वझा, फेन्सी व्यवसायी संघका अध्यक्ष रामचन्द्र शर्मा पत्रकार कोपीला कँडेल लगायतले बोलेका थिए ।

कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष इन्द्रमणि पौडेलको अध्यक्षता, सह–सचिव झलक सुवेदीको स्वागत र सचिव गोकुलप्रसाद कँडेलको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *