–आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेको अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन् ।
कार्यवाहक अध्यक्ष कृष्ण पाठक, गण्डकी प्रदेश सचिवालय सदस्य हिरा केसी र बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंहङ पाइजाले अध्यक्ष पदमा लागि उम्मेदवारी दिएको नेकपा एमाले नवौं अधिवेशनका मुख्य निर्वाचन अधिकृत हरी प्रसाद शर्माले जानकारी दिनुभयो ।
सचिव बाहेक अन्य पदमा भने आवश्यक पद भन्दा बढी उम्मेदवारी परेको शर्माले बताउनुभयो ।