गण्डकी प्रदेश समन्वय परिषद कतारले मनाइयो ५ औं स्थापना दिवस

आदर्श अनलाइन, दोहा कतार

गण्डकी प्रदेश समन्वय परिषद कतारले आफ्नो पाचौं स्थापना दिवस मनाएको छ । संस्थाले शुक्रबार भौतिक तथा भर्चुअल रूपमा कार्यक्रम गर्दै अङ्ग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान सहित आफ्नो ५ औं स्थापना दिवस मनाएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गैरआवासीय नेपाली संघ, रास्टिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले एनसिसि कतार समस्यामा परेका नेपालीको साथमा रहेको बताउनुभयो । अध्यक्ष मुक्तदाले एनआरएनए कतारले कतारमा कुनै पनि नेपाली खान नपाएर भएर तथा टिकट काटन नसकेर नेपाल फर्कन नसक्ने अवस्था आउन नदिने बताउनुभयो । एनआरएनए कतारले बिगत देखि नै गण्डकी प्रदेश समन्वय परिषद कतार सङ्ग समन्वय गरेर अगाडि बढेको भन्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने बताउनुभयो ।

साथै उहाँले कतार सरकारले विभिन्न कारणले अबैध बनेका आप्रवासीको लागि बैध बनेर काम गर्न तथा आफ्नो देश फिर्ता हुनको लागी विभिन्न छुट सहितको सुविधा मार्च ३१ सम्म थप गरेकोले नेपाली समुदायलाई मौकाको फाइदा लिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश समन्वय परिषद कतारका प्रमुख सल्लाहकार हंसराज ढकाल, संस्थापक संयोजक एवं सल्लाहकार आश बहादुर गुरुङ, संस्थापक सचीव रमेश पौडेल, संस्थापक सदस्यहरु बिमल सुवेदी, बिल गुरुङ, मन प्रसाद गुरुङ, पदम गिरी, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समिती कतारका सभापति अजिज अली, नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भण्डारी, प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष रामहरि गैरे, बिबेकशिल साझा सद्भाव समुह कतारका संयोजक गणेश कार्की, नेपाली महिला समाज कतारका अध्यक्ष सरिता भण्डारी पौडेल, प्रदेश समन्वय परिषदको तर्फबाट सुदुर पश्चिमेली नेपाली समाज कतारका अध्यक्ष परमानन्द भट्ट, जिल्ला संस्थाको तर्फबाट गोर्खा सेवा समाज कतारका अध्यक्ष रामजी खत्री र परिषद सदस्यको तर्फबाट सन्तोष क्षत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षता सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष अजमत अली र संचालन महासचिव सन्तोष रेग्मीले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *