सरोजराज पन्त
नेपालको गण्डकी प्रदेश अन्तगर्त धवलागिरीमा आगिक सामुदायिक र .संस्थागत गरी २७ वटा क्याम्पसहरु मध्येको एकमात्र आगिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ रहेका छन् । त्रिवि मानविकी तथा समाजिकशास्त्र अन्र्तगत तीन बर्षे विएको समाजशास्त्र विषयको परिवर्तित पाठ्यकम अनुसार समाजशास्त्रमा विए प्रथम, द्धितिय र तृतीय वर्षमा क्रमश २०, ४० र ६० अंक र चार बर्षे विएको परिवर्तित पाठ्यकम अनुसार प्रथम, द्धितिय, तृतीय र चतुर्थ वर्षमा क्रमश हरेक बर्षमा ३० अंक प्रयोगात्मक परीक्षाका लागि छुटाए पछि स्थलगत अध्ययन अनुसन्धान कार्य सम्पन्न गरी प्रतिवेदन प्रकाशित गर्ने र सोही आधारमा विद्याथीहरुको क्षमता मूल्याड्ढन गर्ने कार्य हुदै आएको छ । यस अन्र्तगत मिनि रिसर्चमा बागलुडको भकुण्डेको सांस्कतिक जनजीवन, वागलुड पच्चकोटको धार्मिक, सांस्कतिक अध्ययन, पर्वत जिल्लाका अग्ला पुलहरुको सामाजिक, आर्थिक प्रभाव, वञ्जीजम्प र यसको सम्भावना, यान्त्रिक पूल, म्याग्दीको सिंगा तातापानीको स्वास्थ्य सम्बन्धि अध्ययन र कास्की जिल्लाको धम्पुसको सामाजिक, सांस्कृतिक, आर्थिक पक्ष, पर्यटक उद्योग आदिको अध्ययन गरि विभिन्न निष्कर्ष निकालेको छ ।
यस्तै स्नातकोत्तर तहका विद्यार्थीहरुर्का लागि स्थलगत अध्ययन अनुसन्धान गरी अनिवार्य शोध कार्यको लागि अभ्यस्त हुन प्रेरित गरिएको छ । यसैगरी स्नातकोत्तर तहका विद्यार्थीहरुलाई शोध पत्र लेखनका लागि कम्तीमा २ दिनको शोध अभिमुखीकरण कार्यकम सम्पन्न गर्ने गरिएको छ । समग्रमा यस विभागले थारै जनशतिm, स्रोत साधनसगै हातमालो गदंै अधिकतम प्रतिफलका लागि कियाशील रहदैआएको छ । विद्यार्थीहरुलाई किताबी ज्ञान कक्षाकोठामा सिमीत राखेर शिक्षण गर्नै परम्परागत शैली र पद्दतिबाट माथि उठेर स्थलगत अध्ययन अवलोकन भ्रमण मार्फत स्थानीय भाषा, कला, संस्कृति, उत्पादन पेशा, व्यवसाय, पूर्वाधारको प्रत्यक्ष रुपमा अध्ययन अवलोकन गर्ने, अध्ययन अनुसन्धान कार्यमा आगामी दिनमा सबै तह र क्षेत्रका मानिस सघसस्था, स्थानीय सरकार आदिको सरसहयोग भएमा अझै परिस्कृत, अर्थपूर्ण, नतिजामुखी, व्यवहारिक बनाएर लैजाने उद्धेश्यले गर्ने यस्ता सृजनशील कामले बिद्यार्थी उत्साहित बनेको देखिन्छ ।
वि.सं. २०६६ देखि हालसम्म धवलागिरीको लोमान्थाङ, उपल्लो मुस्ताङ, कास्कीको घान्द्रुक, घोडेपानी, मुक्तिनाथ, घलेगाउँ लमजुङ, ढोरपाटन, दामन पालुङ हेटौडा, इलाम, दार्जिलिङ, म्याग्दी नागी र मुस्ताङ मार्फा, भुजुङ, लमजुङ, सिरुवारी स्याङ्जा र ढोरपाटन लगायत विभिन्न क्षेत्रको स्थलगत अध्ययन अनुसन्धान गरेको यस विभाग र समाजशास्त्र मानवशास्त्रका बिद्यार्थीहरुले ती ठाँउको सामाजिक आर्थिक, साँस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पक्षको अभ्ययन विश्लेषण गरी ती स्थानको विकासका सम्भावना केलाउने र वागलुङमा यहाँका सम्भावनालाई पछाउने र स्थानीय सरकारलाई सहयोग गर्ने काम गर्दे आएको छ । सामाजिक, आर्थिक, साँस्कृतिक, पर्यटकीय एवं ऐतिहासिकका साथै आयआर्जनका सम्भावित क्षेत्रहरुलाई वदलिदो परिवेश अनुसार परिचालन गर्न सहयोग गरेको छ । यस्ता अध्ययन अनुसन्धानले विद्यार्थीहरुलाई किताबी ज्ञान कक्षाकोठामा सिमित नराख्नेमात्र होइन शिक्षणमा परम्परागत शैली र पद्दतिबाट माथि उठेर स्थलगत अवलोकन भ्रमण मार्फत स्थानीय भाषा, कला , सस्कृति, उत्पादन पेशा, व्यवसाय, पूर्वाधारको प्रत्यक्ष रुपमा अध्ययन अवलोकन गर्ने, अध्ययन अनुसन्धान कार्यमा आगामी दिनमा सबै तह र क्षेत्रका मानिस सघसस्था, स्थानीय सरकार आदि सरोकारवालालाई सरसहयोग गरी परिस्कृत, अर्थपूर्ण, नतिजामुखी, व्यवहारिक बनाउने उद्धेश्यले हरेक बर्ष अनुसन्धान प्रतिवेदन सहितको पुस्तक प्रकाशन गर्दे आएको छ ।
समाजशास्त्र÷मानवशास्त्र विभागको संयोजनमा २०६६ सालमा पहिलोपटक गरिएको मुस्ताड जिल्लाको लोमान्थाङको लोवा जातिमा प्रचलित बहुपति विवाह प्रथाको अध्ययन गरेको थियो । त्यहाँको बहुपति प्रथा, विवाह प्रचलनको ऐतिहासिक पक्ष, बहुपति विवाह गर्नेको अवस्था अध्ययन, त्यहाँका लैगिक अवस्था, बसाइसराइ, पर्यटनका सम्भावना र चुनौति, सामाजिक परिवर्तनको बारेमा अध्ययन गरिएको छ । यस अध्ययन अनुसन्धानले बहुपति प्रथा साँस्कृति र जैविक, वंंश सञ्चालन, यौन सन्तुष्टीका लागि अतित्वमा रहेको भए तापनि अहिले नयाँ पुस्तामा भने बिस्तारै कम चासो र महत्व रहदै गएको निष्कर्ष निकालेको छ ।
२०६७ को स्थलगत अध्ययन अनुसन्धान समूहले कास्की जिल्लाको घान्द्धुकको अध्ययन गरेको छ । जस अन्तगर्त पर्यावरणीय पर्यटक व्यवसाय र चुनौति, त्यहाँको गुरुड समुदाय र प्रचलित खेप्सी पूजा अन्नपूर्ण संरक्षण क्षेत्रको अध्ययन, आर्थिक पक्ष, पर्यटक उद्योगले भित्राएका सकारात्मक र नकारात्मक पक्षहरु, पर्यटक र वातावरणीय परिवर्तन, पुनहिल लगायत अन्नपूर्ण पदमार्गको अध्ययन अनुसन्धान गरेको छ । त्यस क्षेत्रको विकासमा अन्नपूर्ण संरक्षण क्षेत्रको महत्वपूर्ण भूमिका रहेको र जनसहभागिता, आर्थिक पक्ष, पर्यटक उद्योगले भित्राएका जीविको पार्जनमा सकारात्मक भूमिका खेलेको निष्कर्ष निकालेको छ ।
२०६८÷२०६९ गरिएको अध्ययन अनुसन्धान बागलुड जिल्लाको ढोरपाटन क्षेत्रमा केन्दित रहेको छ । नेपालको एक मात्र सिकार आरक्षण, पर्यटन कृषि, वातावरण, जनजीवन, जडीबुटी, नौथर जातिको अध्ययन अनुसन्धान गरेको छ । त्यहाँको विकास प्रक्रियाको बारेमा अध्ययन अनुसन्धान गरी ढोरपाटनको विकास, पर्यटनका सम्भावना र चुनौतिहरुको अध्ययन गरिएको छ । विकासमा पछाडि परेको यस क्षेत्रमा सिकार आरक्षले महत्वपूर्ण सहयोग पु¥याएको भएपनि स्थानीयबासीहरुमा भने यसबारे फरक बुझाई रहेको र स्थानीय स्रोत साधन, जडीबुटीको प्रयोगमा विमति रहेकोले एकता, सहकार्यबाट अगाडि बढेमा राम्रो हुने निष्कर्ष निकालेको छ ।
२०७० सालमा लमजुड जिल्लाको घले गाउँमा अध्ययन अनुसन्धान गरिएको थियो । नेपालको प्रमुख पर्यटकीय स्थल जुन घरबास कार्यक्रमले प्रख्यात रहेको छ । त्यो स्थानको अध्ययनमा घलेगाउँँ एक, अध्ययन अनेक, घलेगाउँको जनजीवन, गरिवी निवारणको लागि ग्रामीण पर्यटक घले गाउँको संस्कति परम्परा जनजीवन आदिको बारेमा अध्ययन गरिएको छ । त्यस क्षेत्रको विकासमा अन्नपूर्ण संरक्षण क्षेत्रको महत्वपूर्ण भूमिका रहेकोले आधुनिक व्यबस्थापन, स्थानीय परिकारको प्रयोगसँगै जनसहभागिता बढाएर काम गरेमा थप आर्थिक विकास र पर्यटक उद्योगवाट जीविको पार्जनमा सहज हुने निष्कर्ष निकालेको छ ।
२०७० साल चैतमा सम्पन्न गरिएको मकुवानपुर हेटौडा क्षेत्रको स्थलगत अध्ययन अनुसन्धानले त्यहाँको लोपोन्मुख वनकरिया जातिको अध्ययनलाई मुख्य जोड दिएको छ । दामनको साङ्ग्रिलको भ्रमण, वनकरिया जातिको सामाजिक, सास्कृतिक, आर्थिक अवस्था, दामन पालुडको कृषि, पर्यटन, सम्भावना र चुनौतिहरु, वनकरिया जातिका महिलाहरुको अवस्था लगायत लैगिक अध्ययन भएको छ । त्यस क्षेत्रको विकासमा महत्वपूर्ण सम्भावना रहेका र वनकरिया जातिको वीविको पार्जनमा सहज भूमिका खेल्न राज्य सजग हनु पर्र्ने र जनसहभागिता बढाएर स्थानीय उद्योगले काम गरेमा लोपोन्मुख जातजातिहरुको जीविका पार्जनमा सकारात्मक भूमिका खेल्न सकिने निष्कर्ष निकालेको छ ।
२०७१ सालमा इलाम दाजिलिडको अध्ययन गरिे प्रकाशित प्रतिवेदन मुलक पुस्तकमा लोपोन्मुख लाप्चा जाति, इलामको पर्यटन र कृषिलाई आधार मानेर गरिएको अध्ययनमा लाप्चा जातिको जनजीवन, इलामको विकास खम्बा पर्यटन, विविधताको भण्डार इलाम र बागलुडमा रहेका समानता र सम्भावनाहरु, इलामको अन्तगर्त त्यहाँको अकबरे खुर्सानी, ओलन दुध उत्पादन, अलैची, अर्थोडब्स चिया, अर्मिसो, अदुवा, आलु, अतिथि सत्कार आदिको अध्ययन पछि यहाँका डाडापाखामा पनि यी सम्भावना रहेकाले हामी सबै यस तर्फ सजग बनेर लाग्नु पर्ने विश्लेषणगरी जनसहभागिताबाटै आर्थिक रुपमा सवल बन्न सकिने र पर्यटक उद्योगमार्फत जीविको पार्जनमा सकारात्मक हुने र स्वरोजगार बन्न सकिने निष्कर्ष निकालेको छ ।
यसैगरी विभागको सयोजनमा २०७२ सालमा मुस्ताड र म्यादीको नागी गाउँको स्थलगत अध्ययन अनुसन्धान गरिएको छ । हाम्रो देश नेपाल भौगोलिक विविधता र प्राकृतिक छटाले सिगारिएको छ । नागी गाउँ पर्यटकीय स्थल भएकाले स्थानिय तथा बाह्य पर्यटकहरु आउने, ब्राहिमाईको मन्दिर अर्थात तलाउ भएको कारण पर्यटकहरु भित्रीने गर्दछन् । स्थानीय सा्रेत साधन, पर्यटन, संस्कृति र विविध सम्भावनाको खोजी गर्ने प्रमुख उद्देश्य राखेर गरिएको अनुसन्धानले मुख्यतया मुस्ताड जिल्लाको आर्थिक सम्भावनाहरुको खोजी गरेको छ । यसैगरी नागीको मगर समुदाय लैगिक अवस्था, स्थानीय विकासमा महिलाहरुको भूमिका , स्थानीय जडिबुटी र पर्यकीय सम्भावनाका साथै महावीर पुन र नागी गाउँको अध्ययन गरी उनले त्यस गाउँमा र सूचना प्रविधिको क्षेत्रमा पु¥याएको योगदानबाट पाठ सिकेर काम गर्न सकेमा मात्र त्यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका हुने, पर्यटक उद्योगले सार्थकता पाउने र जीविको पार्जनमा सकारात्मक भूमिका खेल्ने निष्कर्ष निकालेको छ । यसैक्रमका मुतिmनाथ मन्दिर र यसको ऐतिहासिक, सांस्कृतिक पक्षको समेत अध्ययन गरि समयको माग अनुरुप काम गरी जनसेवा र विकासमा लाग्नसके पर्यटन उद्योगको छवि जिवन्त रहने र जीवन यापन गर्न कठिन नहुने निष्कर्ष निकालेको छ ।
२०७३ सालको समूह गण्डकी प्रदेश अन्तर्गत लमजुड जिल्लाको भुजुडमा गएको र त्यहाँको ग्रामीण पर्यटन र होमस्टे भुजुड र घलेगाउँबीचको अध्ययनगरी त्यहाँका पर्यटकीय सम्भावना र चुनौतिहरु भुजुडको आर्थिक सम्भावनाका क्षेत्रहरु, भुजुडको सामाजिक सास्कृतिक जनजीवन, राजनीतिक अवस्था गुरुडजातिको अध्ययन, वसाइसराइको अवस्था होमस्टेको प्रभाव, कृषि उत्पादन चियाखेती, स्थानीय जडिबुटीहरुको अध्ययन अनुसन्धान गरिएको छ । त्यस क्षेत्रको विकासमा अन्नपूर्ण संरक्षण क्षेत्रको महत्वपूर्ण भूमिका रहेको र स्थानीय स्तरमा जनसहभागिताको अवस्था सवल रहेको, आर्थिक पक्ष सवल बनाउन पर्यटक उद्योगकोसे ढुङासाबित भएको, जीविको पार्जनमा सकारात्मक भूमिका खेलेको निष्कर्ष निकालेको छ ।
२०७४ सालको स्थलगत अध्ययन अनुसन्धान गण्डकी प्रदेशको स्याड्जा जिल्लाको सिरुवारी पर्यटकीय क्षेत्रमा सम्पन्न भएको छ । नेपालको पहिलो होमस्टे स्थापना भएको क्षेत्रकोरुपमा परिचित यस क्षेत्रको अध्ययन पछि हामस्टे, स्थानीय पर्यटन, बसाइसराइ, जनजीवन, आर्थिक सम्भावनाहरु, गुरुड जातिको सांस्कृतिक जनजीवनको अध्ययन गरिएको छ । नेपालको पहिलो होमस्टेको महत्वपूर्ण भूमिका रहेको र पर्यटक उद्योगले यस क्षेत्रकोमात्र नभइ समग्र राष्ट्रको पहिचान जोगाएको र आन्तरिक तथा बाह्य पर्यटक भित्राएर जीविको पार्जनमा सकारात्मक भूमिका खेलेकोले अन्य स्थानमा पनि यस्ता सम्भावना खोज्नु पर्ने निष्कर्ष निकालेको छ ।
२०७५ गण्डकी प्रदेश अन्तरर्गत बागलुङ, म्याग्दी र रुकुम जिल्लामा अवस्थित नेपालको एकमात्र ढोरपाटन शिकार आरक्ष नेपालको एक गहन सम्भावना बोकेको क्षेत्र रहेकोले शिकार आरक्षण, बागलुङको पर्यापर्यटन, त्यस क्षेत्रमा विभिन्न जातजाति, तिब्बती शणार्थीहरु, ढोरपाटन उपत्यकाको ग्रामीण जनजीवन तथा पर्यटन उद्योगको कृषि, संस्कृति, जनजीवन आदिको बारेमा अध्ययन अनुसन्धान गरिएको छ ।
यसरी विद्यार्थीहरुलाई किताबी ज्ञान कक्षाकोठामा सिमीत राखेर शिक्षण गर्नै परम्परागत शैली र पद्दतिभन्दा माथि उठेर स्थलगत अवलोकन मार्फत स्थानीय भाषा, कला , संस्कृति, उत्पादन पेशा, व्यवसाय, पूर्वाधारको प्रत्यक्ष रुपमा अध्ययन अवलोकन गर्ने, अध्ययन अनुसन्धान कार्यबाट सरोकारवाला निकाय, स्थानीय सरकारले आगामी दिनमा आवश्यक सहयोग गरेमा र सबै तह र क्षेत्रका मानिस संघसस्था, स्थानीय सरकार आदिले आवश्यकता,औचित्यताको आधारमा अध्ययन अनुसन्धानलाई साथ सरसहयोग गरेमा र निश्कर्षलाई पछाएर विकास निमार्णका काम गरेमा मात्र अध्ययन अनुसन्धानलाई अझै परिस्कृत, अर्थपूर्ण, नतिजामुखी, व्यवहारिक बनाएर लैजान सकिने देखिन्छ ।
थोरैजनशतिmबाट महत्वपूर्ण र निरन्तर गरिनुपर्ने कामले गर्दा पक्कै पनि विभागले चूनौति र समस्या झेल्दै आएको छ । दैनिक स्नातक र स्नातकोतर तहमा गरी एक दर्जन कक्षाको व्यवस्थापन गरी अध्ययन अनुसन्धान कार्यमा जुट्नु जटिल अवस्था भए पनि विभागका प्राध्यापकहरुको परिश्रम, जुजारुपन र मेहनतलेमात्र नभई, क्याम्पस प्रशासक, प्राध्यापक, विद्यार्थी, कर्मचारी, स्ववियू लगायतका सवृद्द सम्पूर्ण संघसस्था, उद्योगपति, व्यापारी, शुभ चिन्तक सबैकोै अज्रस प्रयास मेहनत र सहयोगले सम्भव भएको छ । अनुसन्धान कार्य र्खिचलो, समय लाग्नेर बढी चुनौति पूर्णकाम हुदा हुदै पनि सम्पूर्ण सहयोगी निकायले सहयोगले यसलाई सहज, सरल बनाएको छ ।
यी माथि उल्लेखित अध्ययन अनुसन्धानले केवल लेख प्रकाशन गर्ने मात्र गरेको छैन । सम्वन्धित पक्षलाई विकास निमार्णका लागि जगाउँने, विउँझाउने काम पनि गरेको छ । विभिन्न सम्भावना र चुनौति केलाएर असम्भवलाई सम्भव, वेरोजगारलाई रोजगार, अज्ञानतामा ज्ञानका भण्डार र सीपको दायरलाई बढाउने काममा केही भएपनि प्रयास गरेको छ । विद्यार्थीहरुलाई किताबी ज्ञान र कक्षाकोठामा सिमीत राखेर परम्परागत शैली र पद्दतिबाट शिक्षण गर्न भन्दा माथि उठेर स्थलगत अवलोकन भ्रमण मार्फत स्थानीय भाषा, कला, संस्कृति, उत्पादन पेशा, व्यवसाय, पूर्वाधारको प्रत्यक्ष रुपमा अध्ययन अवलोकन गर्ने अवसर यस क्याम्पस र विभागले सृजना गराएको छ । अतः यस्ता अध्ययन अनुसन्धान कार्यमा आगामी दिनमा सबै तह र क्षेत्रका मानिस, संघसस्था, स्थानीय सरकार आदिको सरसहयोग अति जरुरी छ । अब यस कामलाई समयसापेक्ष रुपमा प्रभावकारी रुपमा सञ्चालन गर्न र निकालिएका निष्कर्षलाई व्यवहारमा प्रयोग गरी अपेक्षित उपलब्धि हासिल गर्न सरकार, विश्वविद्यालय र क्याम्पसले थप कार्य गर्न सकेमा मात्र परिवर्तित समयानुसार अझै परिस्कृत, अर्थपूर्ण, नतिजामुखी, व्यवहारिक अनुसन्धान गर्न सकिने देखिन्छ । यसका लागि आवश्यक आर्थिक, प्राविधिक सहयोग गरी यस्ता कामलाई निरन्तरता दिन र सक्षम जनशतिm उत्पादन गरी स्वदेशमा काम गरी कमाउने र रमाउने वातावरण सृजना गर्न आवश्यक छ ।