बागलुङ-२ मा गठबन्धन ३ सय ५४ मतले अघि

आदर्श अनलाइन, बागलुङ
जिल्लाको क्षेत्र नम्बर २ को प्रदेश ख मा भएको उपनिर्वाचनको मतगणनामा कांग्रेसको शुरुवाति अग्रता बामगठबन्धनले तोडेको छ ।

शनिवार भएको निर्वाचनको आज मध्यान्हदेखि शुरु भएको मतगणनाको पछिल्लो मत परिणाम अनुसार गठबन्धनले ३ सय ५४ मतका साथ अग्रता लिएको छ ।

पछिल्लो मत परिणाम अनुसार ढोरपाटन नगरपालिका वडा नम्बर १ र २, निसीखोला गाउँपालिका १ र २, तमानखोला गाउँपालिका १ र २ को मतगणनामा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाहीले २९ सय ६४ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनले २६ सय १९ मत प्राप्त गरेका छन् ।

समाजवादी पार्टीका अशोक बिकले १ सय ३१, बागी उम्मेदवार शेरमान घर्तीको क्लिप चिन्हमा ४८, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले १५, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ११ मत प्राप्त गरेका छन् । १ सय ७ मत बदर भएको छ । वडागत रुपमा तिनै स्थानीय तहको पालैपालो गणना गरिएको छ ।

कुल ३५ हजार १ सय ८४ मतदाता रहेको बागलुङमा यस पटक २१ हजार ४ सय मत खसेको छ । अघिल्लो निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो । आज राति अबेर सम्ममा अन्तिम मत परिणाम आउने जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *