आदर्श अनलाइन, बागलुङ
बागलुङ बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको २० औँ साधारण सभा सोमबार सम्पन्न भएको छ । यहि पौष २२ गते देखी एकाईगत रुपमा भएको साधारण सभा सोमबार सम्पन्न भएको हो ।
साधारण सभाको उद्घाटन सहकारीका समाजसेवी देब बहादुर श्रेष्ठले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै उहाँले आर्थिक तथा समाजिक रुपान्तरणका लागि बागलुङ बहुउदेश्यीय सहकारीले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । जिल्ला स्थित बिभिन्न सहकारीको तुलनामा बागलुङ बहुउदेश्यीय सहकारीले नेतृत्वदायी भुमिका निर्वाह गरेको चर्चा गर्दै उहाँले सहकारीको उन्नती र प्रगतिको लागि संचालक समिति लगायत सेयर सदस्यको महत्वपुर्ण भुमिका हुनेमा जोड दिनुभयो । श्रेष्ठले कोरोना महामारीमा समेत सहकारीको भुमिका प्रभावकारी रहेको दाबी गर्नुभयो ।
त्यस्तै राष्ट्रिय सहकारी बैङ्कका संचालक राम बहादुर जिसीले सहकारीले सामाजिक र आर्थिक क्षेत्रमा गरेका महत्वपुर्ण कामको उचित मुल्याँकन नभएको बताउनुभयो । सहकारीले गरेका राम्रा कामको अनुगमन नियमन र सार्वजनिकिरण हुन सकेको छैन, जिसीले भन्नुभयो – सहकारीले सामाजिक क्षेत्रमा प्रभावकारी सेवा प्रवाह गरेका छन् । जिसीले सहकारी सघंसंस्थालाई उचाईमा पुर्याउनका लागि सेयर सदस्यको सरोकार र आवश्यकता संग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले २०६३ को अन्तरिम संविधानले सहकारी लाई संबोधन गरेको दाबी समेत गर्नुभयोे ।
कार्यक्रममा नेफ्स्कुनका सञ्चालक चण्डी प्रसाद शर्मा, अध्यक्ष दिपक गौतम, बागलुङ जिल्ला सहकारी सघंका बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष दुर्गा कुवर, बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष युवराज राजभण्डारी, जिल्ला सहकारी संघ बागलुङका संस्थापक अध्यक्ष कृष्ण शंकर श्रेष्ठ र एकता सहकारी संस्थाका एकता सहकारी संस्थाका अध्यक्ष धुव्रराज गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सचिव हरिप्रसाद गौतमले प्रस्तुत गरेको प्रगति प्रतिबेदन, कोषाध्यक्ष राजेन्द्र प्रसाद शाक्यले प्रस्तुत गरेको आर्थिक र रामचन्द्र शर्माले प्रस्तुत गरेको लेखा समितिको प्रतिबेदन छलफल पछि पारित भएको थियो । सो अवसरमा सहकारीमा बिभिन्न क्षेत्र बाट योगदान पुर्याउने तथा असल कारोबारी, असल ऋणी लगायत लाई सम्मान तथा प्रशंसा पत्र नगद र मायाँको चिनो सहित सम्मान तथा पुरस्कृत गरिएको थियो ।
कार्यक्रम बागलुङ बहुउदेश्यीय सहकारी संस्था लि. का अध्यक्ष अशोक गोविन्द राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष उषा पौडेलको स्वागत मन्तव्य र सचिव हरिप्रसाद गौतमको संचालनमा सम्पन्न भएको थियो ।