बागलुङ-२ मा गठबन्धन मतान्तर फराकिलो बनाउदै,४ सय मतले अघि

आदर्श अनलाइन, बागलुङ
जिल्लाको क्षेत्र नम्बर २ को प्रदेश ख मा भएको उपनिर्वाचनको मतगणनामा बामगठबन्धनले अग्रता केही फराकिलो बनाउदै लगेको छ ।

शनिवार भएको निर्वाचनको आज मध्यान्हदेखि शुरु भएको मतगणनाको पछिल्लो मत परिणाम अनुसार गठबन्धनले ४ सय ४७ मतका साथ अग्रता लिएको छ ।

पछिल्लो मत परिणाम अनुसार बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाहीले ३ हजार ५ सय १४ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनले ३ हजार ४० मत प्राप्त गरेका छन् ।

समाजवादी पार्टीका अशोक बिकले १ सय ३२, बागी उम्मेदवार शेरमान घर्तीको क्लिप चिन्हमा ५१ मत परेको छ ।

अहिले बागलुङ २ को ताजा परि मत गणना यस्तो छ ।
कुल गणना मत ः ६७७६
बाम गठबन्धन ४ सय ७४ मतको अग्रता
बाम गठबन्धन ः ३५१४
कांग्रेस ३०४०
समाजवादी पार्टी १३२
स्वतन्त्र –क्लिप ५१
स्वतन्त्र बल्ब १६
राप्रपा संयुक्त १२
घर ६७
कुखुरा ः १
खुकुरी ३
बदर मत ः १२४

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *