बागलुङका तीन पत्रकार पुरस्कृत

आदर्श अनलाइन, बागलुङ

प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङमा स्थापित ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’ बाट यहाँका तीन पत्रकार पुरस्कृत भएका छन् । आज आयोजित शाखाको छैठौँ अधिवेशनका अवसरमा विसं ०७५, ०७६ र ७७ को पुरस्कार एकसाथ प्रदान गरिएको हो ।

रु. दश हजार राशिको सो पुरस्कार पत्रकार रामकृष्ण शर्मा, रामकृष्ण बोहोरा र गणेश पौडेल ‘चन्द्र’ले प्राप्त गर्नुभएको हो । शर्माले ०७५, बोहोराले ०७६ र पौडेलले ०७७ को पुरस्कार पाएको शाखा अध्यक्ष उमाकान्त शर्माले जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य लिलबहादुर थापा र शाखा अध्यक्ष शर्माले पत्रकार त्रयलाई संयुक्त रुपमा नगद, प्रमाणपत्र र दोसल्ला प्रदान गर्नुभएको थियो ।

पुरस्कत पत्रकार शर्मा प्रेस चौतारीको केन्द्रीय सचिव, बोहोरा र पौडेले केन्द्रीय सदस्य हुनुहुन्छ । तीनै जनाले पत्रकारितमा लामो अनुभव सँगालेका छन् । बोहोरा अहिले ढोरपाटन दैनिकको कार्यकारी सम्पादकको जिम्मेवारीमा हुनुहुन्छ ।

पौडेल गोरखापत्र संस्थान, गण्डकी प्रदेश कार्यालयको निवर्तमान संयोजक हुनुहुन्छ । पुरस्कार ग्रहणपछि बोल्दै पत्रकार शर्माले पुरस्कारले पत्रकारितामा थप जिम्मेवार बनाएको प्रतिक्रिया दिनुभयो ।

विसं २०७३ मा स्थापित सो पुरस्कारबाट यसअघि पत्रकार हरिनारायण गौतम र रामबहादुर जिसी पुरस्कृत भइसक्नुभएको छ । गोरखा भूकम्पपछि बनेको ‘भाग्यले बाँचेकाहरु’ वृत्तचित्रको व्यावसायिक प्रदर्शन गरेर पुरस्कारको अक्षयकोष खडा गरिएको प्रेस चौतारी बागलुङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *