आजको मौसम

आदर्श अनलाइन, काठमाडौँ
तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने तराईमा बाक्लो हुस्सु लागेको छ ।

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको र दिउँसो मौसम सफा रहने महाशाखाले जनाएको छ । आज वर्षा र हिमपातको सम्भावना छैन ।

आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

भोलि सोमबार भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमापात हुने सम्भावना छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *