बागलुङका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र पत्रकार सहित एकै दिन ४० जनामा संक्रमण

आदर्श अनलाइन, बागलुङ
बागलुङमा कोरोना संक्रमण ह्वातै बढेको छ । पछिल्लो २४ घण्टाको अवधीमा बागलुङमा मात्रै ४० जनामा संक्रमण पुष्टी भएको छ । आइतबार मात्रै जिल्ला समन्वय समितिका उप–प्रमुख विष्णु भुषाल, २ स्वास्थ्यकर्मी, दुई पत्रकार सहित ४० जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय बागलुङका कारोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले आदर्शलाई जानकारी दिनुभयो ।

योसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८८ पुगेको छ । पिसिआर प्रविधि मार्फत एक र एन्टिजेन्टबाट ३९ जनाको कोरोना पुष्टी भएको हो । जिल्लामा अधिकाँश कोरोना संक्रमितहरुलाई रुखाखोकी र ज्वरो देखिएको छ ।

जिल्लामा कोरोना रोकथामका लागि जनचेतनामुलक कार्यक्रम गर्ने, माक्स तथा स्यानिटाइजर वितरण गर्न थालिएको छ । कोरोना बढ्न थालेपछि मेला महोत्सव तथा भीडभाडका कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यलयले रोक लगाएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले आदर्शलाई जानकारी दिनुभयो ।

कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन नेपालमा समेत पुष्टी भइसकेपछि बागलुङमा उच्च सर्तकता समेत अपनाउन थालिएको छ । छिमेकी जिल्ला भारतबाट जिल्ला भित्रिनेहरुका लागि जिल्लाको प्रमुख नाका मालढुङ्गा र खर्वाङमा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण बहादुर पल्ली मगरले आदर्शलाई जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयबाट स्वास्थ्य सचेतना दिने, जनस्वास्थ्यका मापदण्ड पालना गर्न लगाउने, लक्षण देखिएका घरमै बस्ने र स्वास्थ्य संस्थामा जाँच गराउने लगायतका कार्यमामा स्वास्थ्य कार्यालय जुटेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *