सम्पादकीय
वुहानबाट सुरु भएको कोभिड–१९ ले सिंगो मानव जातिलाई आक्रान्त पा¥यो । वैज्ञानिकहरुको लामो संघर्षपछि विभिन्न देशहरुले कोभिड खोपको आविष्कार गरि अहिले विश्वभर बजारमा वितरण गरि रहेका छन् । नेपालले पनि गत वर्षदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको छ । गत वर्ष माग महिनामा स्वास्थ्यकर्मीबाट लगाउन सुरु गरिएको खोप अहिलेसम्म आउँदा १८ वर्षमाथिका अधिकांश नागरिकले पहिलो र दोस्रो चरणको खोप लगाई सकेका छन् । सरकारले विद्यार्थीहरुलाई पनि विद्यालयमै पुगेर खोप दिने घोषणा गरेको छ । अहिले अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, संचारकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक तथा पहिलो र दोस्रो खोप लगाइएको ६ महिना पुगेका सबै नागरिकलाई बुस्टर डोज समेत दिन थालिएको छ ।
कोरोनाको पहिलो चरणमा नेपालमा संक्रमति र मृत्यु हुनेको संख्या निकै कम थियो । तर दोस्रो चरण अर्थात डेल्टा भेरिएन्टबाट संक्रमित र मृत्यु हुनेको संख्या भढेर उच्च बिन्दुमा पुगेको थियो । यसले नागरिकलाई थप त्रसित बनायो । सरकरले संक्रमण रोकथामसँगै यस अवधीमा कोरोना खोपलाई तीव्रता दियो । विभिन्न देशसँग सहयोग मागेर तथा खरिद गरेर नागरिकलाई खोप दियो । कोरोना खोप लगाउँदै गएपछि संक्रमितको संख्या पनि कम भयो । नागरिकले खोप पाएपछि व्यापार व्यवसाय र पर्यटन क्षेत्र पनि संचालनमा आए । पर्यटकीय क्षेत्रहरुमा आन्तरिक तथा केही मात्रामा भए पनि बाह्य पर्यटकको चहपल सुरु भएको थियो । यी क्षेत्रहरु संचालनमा आउन थालेपछि करिब एक वर्ष थला परेको अर्थतन्त्र तंग्रिन थालेको थियो । तर पुनः नयाँ भेरिएन्ट ओमिक्रोन भित्रियो । यसले गर्दा फेरी व्यापार व्यवसायसँगै अर्थतन्त्र थला पर्ने स्थितीमा पुग्ने देखिन्छ । ओमिक्रोन बढ्दै गएपछि सरकारले विद्यालय बन्द गर्ने दिर्नेशन दिइ सकेको छ भने अन्य व्यापार व्यवसाय पनि निश्चय पनि बन्द गर्नु पर्ने अवस्था आउन सक्छ ।
धरायस बन्दै गएको अर्थतन्त्रलाई उठान, नागरिकलाई संक्रमणबाट जोगाउन सरकार गम्भीर भएर लाग्नुपर्छ । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारको एक्लो प्रयासले मात्रै संभव देखिदैन । जनस्तरबाटै संक्रमणबाट जोखिन सरकारले निर्देश गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्न भुल्नु हुँदैन । स्वास्थय मापदण्डलाई पालना गरेर व्यापार व्यवसायसँगै अन्य क्षेत्र चलायमान गराउन सकिन्छ । कोरोना कहिले र कसरी अन्त्य होला भन्ने सबैलाई लाग्छ । यो स्वभाविकनै हो । तर संक्रमणलाई न्यून गर्ने हे भने सरकारले खोपलाई मुख्य प्राथमितामा राखेर गाउँ–गाउँ, टोल–टोल पुगेर नागरिकलाई पोख दिलाउनु पर्छ । नागरिकले पनि माक्स, स्यानिटाइजर र सामाजिक दूरी कायम लगायतका जनस्वास्थ्य मापदण्डलाई पालना गर्न जरुरी हुन्छ । तब मात्रै हामी सुरक्षित हुन्छौँ र अर्थतन्त्र चलायमान हुन्छ ।