गाउँको विकासमा समानुपातिक बजेट : मुख्यमन्त्री पोखरेल

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गाउँको विकासमा समानुपातिक बजेट विनियोजन गर्ने योजनामा गण्डकी प्रदेश सरकार रहेको बताउनुभएको छ । उहाँले कोरोना रोग संक्रमण विरुद्धको अभियानमा सवै जुटेर कोरोनालाई प्रास्त गर्न आग्रह गर्नुभएको थियो ।

नेपाली काँग्रेस बागलुङले आज आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले पोखरेलले अघिल्लो सरकारले बजेट ल्याएका कारण केही स्थानमा धेरै र हेकी स्थानमा थोरै भएको पाएको बताउदै आगमी दिनमा समानुपातिक बजेट विनियोजन गर्ने बताउनुभयो ।

आफ्नो नेतृत्वको सरकार परिस्थितिले निम्ताएको हुँदा सोचे अनुसार काम हुन नसकेकको र आगामी वर्षनै सवै क्षेत्रलाई समेटने गरी बजेट ल्याउने बताउनुभयो । बागलुङको प्रसिद्ध धार्मिक गन्तव्य बनेको सर्वसिद्धिधाम पञ्चकोटको अवलोकन समेत गर्नुभएको मुख्यमन्त्री पोखरेलले पञ्चकोटको विकासमा गण्डकी प्रदेशले सक्दो सहयोग गर्नै बताउनुभयो थियो ।

मुख्यमन्त्री पोखरेलले कोरोनाको तेस्रो लहरबाट बच्नका लागि सवै नागरिक सचेत हुनुपर्ने बताउदै गण्डकी प्रदेश सरकारका सवै नागरिक समक्ष अबको केही महिनामा कोरोना विरुद्धको खोप पु¥याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *