लेखबहादुर थापामाथिको आक्रमणप्रति काँग्रेस र तरुणदलको भत्र्सना

आदर्श अनलाइन, बागलुङ
जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ४ का लेखबहादुर थापा ‘रोहित’ माथि राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले सांघातिक आक्रमण गरेको भन्दै नेपाली काँग्रेस बागलुङ र नेपाल तरुणदल बागलुङले भत्र्सना गरेको छ ।

नेपाली काँग्रेस बागलुङका सभापति जितबहादुर शेरचन र नेपाल तरुणदल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’ले मंगलबार छुट्टा छुट्टै विज्ञप्ती जारी गरी नेपाल तरुणदल जैमिनीका अध्यक्ष एवं नेपाली काँग्रेस गण्डकी प्रदेश महाधिवेसन प्रतिनिधि समेत रहेका थापामाथि यही माघ २ गते कुश्मीसेरा बजारमा दिन दहाडै सांघातिक आक्रमण गरी मरणासन्न अवस्थामा पु¥याएको भन्दै उक्त घटनाको घोर भ्रत्सना गरेका हुन् ।

‘दिन दहाडै कुश्मीसेरा बजारमा लेखबहादुर थापामाथि भएको आक्रमणले नेपाली काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ, उक्त आततायी घटनाको नेपाली काँग्रेस बागलुङ घोर निन्दा र भ्रत्सना गर्दछ,’ सभापति शेरचनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । राजमो कार्यकर्ताको आक्रमणबाट गम्भीर घाईते भएका थापाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको भन्दै काँग्रेस उक्त निन्दनीय घटनामा संलग्न अपराधीहरुलाई यथासीघ्र कानुनी कारबाही बढाउन माग गरेको छ ।

यसैबीच नेपाल तरुणदल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’ले जारी गरेको विज्ञप्तीमा पनि घटनामा संलग्न दोषीलाई यथाशीघ्र कानुनी कारवाहीको दायरामा ल्याउन माग गरिएको छ । राजमोका कार्यकर्ताद्धारा घाईते बनाईएका थापाको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भै रहेको तरुदल बागलुङका अध्यक्ष शर्माले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *