जैमिनीमा स्थानीय जडीबुटी पहिचान कार्यक्रम

आदर्श अनलाइन, बागलुङ
धौलागिरी आयुर्वेद औषधालय बागलुङको आयोजनामा स्थानीय जडीबुटी पहिचान कार्यक्रम सम्पन्न भएको छ । औषधालयले ‘स्थानीय जडीबुटीको प्रयोग, स्वास्थ्य रक्षामा सहयोग’ मूल नाराका साथ जैमिनी न.पा.–७ जैदिमा परम्परागत स्वास्थ्यकर्मीहरुलाई स्थानीय जडीबुटीहरुको पहिचान, संरक्षण र प्रयोगको लागि जडीबुटीको प्रदर्शनी सहित ‘अभिमुखिकरण कार्यक्रम’ गरेको हो ।

कार्यक्रममा धौलागिरी आयुर्वेद औषधालय, बागलुङका प्रमुख डाक्टर सरोज रायले जेष्ठ नागरिक र स्थानीय आमा समुहलाई कार्यक्रममा जडीबुटीको महत्व र धौलागिरीमा पाउने जडीबुटीको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले बेल, टटेला, सितलचिनी, राजवृक्ष, तेजपत्ता, गुर्जाे, अडेर, कन्टकारी, बिही, तुलसी, घिउकुमारी, सिमली, घसिङग्रो (पटपटे झार), बाख्रा काने, घयरो, धनिया, बेसार जिरा, लसुन जस्ता जडिबुटीको स्थानीय रुपमा पाहिचान गरी ती जडिबुटीलाई संरक्षण र प्रयोग गर्ने बिषयमा जानकारी गराउनु भएको थियो । सतुवा र लोठसल्ला जडिबुटी मध्यकै सबैभन्दा राम्रो र महंगो जडिबुटी भएको कारणले यी जडीबुटीको संरक्षण आवश्यक रहेको रायले बताउनु भयो ।

कार्यक्रममा जैदी आयुर्वेद औषधालयका कबिराज निरिक्षक गोबिन्द चालिसेले स्थानीय जडीबुटीको उपयोग र महत्वको विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा जैदी आयुर्वेद औषधालय बागलुङका वैद्य निरिक्षक जीबननाथ शर्माले भान्छामा पाइने जडिबुटिको पहिचान र उपयोगको बिषयमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा जैदीका परम्परागत २५ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो । कार्यक्रम धौलागिरी आयुर्वेद औषधालय बागलुङका प्रमुख डाक्टर सरोज रायको अध्यक्षता, वैद्य निरिक्षक यकराज ढुङगानाको स्वागत, लेखा अधिकृत मनिष शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *