अन्नपूर्ण पदमार्गमा एक वर्षमा दुई हजार बढी पर्यटक

आदर्श अनलाइन, लमजुङ
अन्नपूर्ण पदमार्गको मनाङमा एक वर्षमा दुई हजार ३७३ विदेशी पर्यटकको आगमन भएको छ । कोरोनाका कारण २०२० मा एक हजार ९७६ जना पर्यटक पदमार्गमा आए पनि कोभिड महामारी फैलिन कम हुँदै गएपछि सन् २०२१ मा भने यो संख्या बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङको धारापानी चेकपोस्टका पर्यटन सहायक क्षेत्र गुरुङले सन् २०२१ को जनवरीदेखि डिसेम्बर महिनासम्म एक वर्षको अवधमा दुई हजार ३७३ जना विदेशी पर्यटक अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ घुम्न आएका छन् जुन गतवर्षको भन्दा ३९७ ले बढी हो ।

गुरुङका अनुसार २०२१ मा सबैभन्दा बढी ओक्टोबर महिनामा ८३८ जना पदमार्गमा घुम्न आएका छन् भने सबैभन्दा कम जुन र जुलाईमा दुई जना मात्र पदमार्गमा आएका छन् । पदमार्गमा जनवरीमा दुई जना, फेब्रुअरीमा २५ जना, मार्चमा १३७, अप्रिलमा ३६६, मेमा ४९ जना पर्यटक आएको एक्याप मनाङको धारापानी चेकपोष्टको तथ्यांकमा उल्लेख छ । यस्तै, पदमार्गमा जुन र जुलाईमा भने एक÷एक जना र अगस्टमा तीन जना पर्यटक मनाङ भित्रिएका छन् । सेप्टेम्बर महिनामा ७६ जना, नोभेम्बर महिनामा ७२२ जना र डिसेम्बर महिनामा १५३ जना पर्यटक अन्नपूर्ण पदमार्गमा घुम्न आएका छन् । एक्यापका अनुसार सन् २०१९ मा २६ हजार ६४७ जना पर्यटक आएका थिए ।

सन् २०२० मा कोभिड महामारीका कारण एक हजार ९७६ जना विदेशी पर्यटक मात्र चक्रीय अन्नपूर्ण पदमार्गमा भित्रिए  । कोरोनाका कारण २०२० मार्च १४ देखि अक्टोबरसम्म पदमार्गमा पर्यटक आएका थिएनन् । लमजुङ सदरमुकाम बेसीशहर अन्नपूर्ण पदमार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ । बेसीशहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।

लमजुङको सदरमुकाम बेसीशहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुगेर टुंगिन्छ । पदयात्राका सौखिनहरूका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजार ४१६ मिटरको थोराङ भञ्ज्याङलाई पास गर्दा आन्तरिक तथा बाह्य पर्यटकहरू आफूलाई भाग्यमानी ठान्छन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *