बलेवाको बञ्जी जम्पमा खोप कार्ड अनिर्वाय

डम्मर बुढा मगर, बागलुङ
कोरोना संक्रमणको पहिलो र दास्रो चरणपछि बागलुङको पर्यटन क्षेत्रमा बिस्तारै उठ्ने गतिमा थियो । तर तेस्रो भेरिएन्ट (ओमिक्रोन) संक्रमण ह्वात्तै बढेपछि पर्यटन क्षेत्र पुनः सुस्ताएको छ । कोरोना संक्रमण न्यून भएपछि बागलुङको धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटकहरुको चहलपहल निकै बढेको थियो । केही महिना राम्रै चले पनि अहिले फेरि ठप्प हुनु परेको छ ।

बागलुङ र पर्वत जोड्ने गरि कालीगण्डकी नदीमाथि निर्माण भएको विश्वकै दोस्रो अग्लो बञ्जी जम्पमा पनि संक्रमण बढ्नुभन्दा आगडी निकै चहलपहल थियो तर अहिले कोरोनाको कारण प्रभावित बनेको छ । कोरोनाकालमै गत वर्षदेखि संचालनमा आएको बञ्जी जम्पमा केही समय अगाडीसम्म दैनिक सयौँ पर्यटकहरु बञ्जी जम्प गर्न र घुम्न आउने गर्थे भने अहिले दैनिक एक दर्जन पुग्न पनि गाह्रो भइरहेको छ ।

द क्लिफ प्रालिको झण्डै २८ करोडो लगानीमा संचालनमा आएको बञ्जीसँगै स्विङ र जिपलाइन पनि ठप्प भएको छन् । दोस्रो चरणको संक्रमणपछि बञ्जीमा पर्यटकहरुको आकर्षण बढेको र व्यवसाय पनि रामै संचालन भए पनि तेस्रो चरणको संक्रमणका कारण ठप्पै हुने अवस्थामा पुगेको द क्लिप प्रालिका व्यवस्थापक विष्णु कार्कीले बताउनुभयो ।

‘कोरोनाको दोस्रो लहर कम हुँदा यहाँ निकै चहलपहल थियो, दैनिक दर्जनौँ मानिसहरु बञ्जी जम्प गर्न आउनुहुन्थ्यो, रेष्टुरेण्ट पनि राम्रै चलेको थियो, देशभरबाटै पर्यटकहरु आएको हामीले पाएका थियौँ’ कार्कीले भन्नुभयो ‘अहिले त संक्रमण पनि निकै बढेको छ, त्यसले गर्दा पनि होला मान्छेहरुको आगमन निकै कम छ, अहिले त स्थानीयहरु वरपार गर्ने मात्रै हो बाहिरी मान्छे आउने, बञ्जी गर्नेको संख्या त ह्वात्तै घटेको छ ।’

उहाँले बञ्जी, स्वीङ र जीपलाइनका लागि अनिवार्य खोप कार्ड चाहिने बताउनुहुन्छ । वारपार गर्नका लागि भने कार्ड अनिवार्य छैन । आफूहरुले स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाई गरेको कार्कीको भनाई छ । ‘संक्रमण तीव्र गतिमा बढेको छ, संक्रमण जसलाई पनि हुन सक्छ, त्यसले गर्दा स्वास्थ्य सुरक्षालाई अपनाउनु अनिवार्य छ,’ उहाँले भन्नुभयो ‘बञ्जीमा प्रवेश गर्न अनिवार्य खोप कार्ड चाहिन्छ, यहाँ प्रवेश गर्नु अगाडी पनि ज्वरो नाप्ने र स्यानिटाइजिङ गर्ने गरेका छौँ, तर वारपर गर्नका लागि भने कार्ड अनिर्वाय गरेका छैनौँ, किन कि वारपार त स्थानीय पनि गरि राख्नुहुन्छ ।’

कार्कीले कोरोनाको कारण आफूहरु ठूलो मारमा परेको बताउनुहुन्छ । बञ्जी जम्प झण्डै ५ वर्षको अवधीमा निर्माण सम्पन्न भएको थियो । द क्लिप प्रालिले यो संरचना निर्माणका लागि २८ करोड बढी लगानी गरेको उहाँ बताउनुहुन्छ । संचालनमा आएपछि संक्रमणको कारण एक वर्ष पनि सहज रुपमा सञ्चालन गर्न नसेको कार्कीको भनाई छ ।

‘कोरोनाले हामीलाई निकै मारमा पा¥यो, करोडौँ लगानी गरेर यत्रो संरचना निर्माण गरियो, संचालन गर्ने बेला कोरोना महामारी भयो,’ कार्की भन्नुहुन्छ ‘कोरोनाकै बीच पनि निर्माण सम्पन्नपछि संचालनमा ल्यायौँ, संक्रमणले गर्दा एक वर्ष पनि सहज रुपमा संचालन गर्न पाइएको छैन, मान्छेहरुको चाप हुने बेला फेरी कोरोना बढ्यो ।’

उहाँले हाल स्काइ साइक्लिङ र जीपलाईन समेत सञ्चालनमा आएको भन्दै संक्रमणका कारण ठप्पै भएको बताउनुहुन्छ । बञ्जी जम्प संचालनमा आएपछि बागलुङको बलेवा र पर्वतको कुश्मामा होटल व्यवसाय समेत फस्टाएको थियो । कुश्माको छेउमा व्यसायहरु दिनदिनै खुल्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *