धौलागिरि अस्पताल प्रदेशकै उत्कृष्ट

आदर्श अनलाइन, बागलुङ

धौलागिरि अस्पताल बागलुङ न्यूनतम स्वास्थ्य मापदण्ड सर्वेक्षणमा लगातार उत्कृष्ट अस्पतालको रुपमा देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक आर्थिक वर्षमा दुई पटक हुँदै आएको न्यूनतम स्वास्थ्य मापदण्डमा ५० वेड क्षमता (सेकेण्डरी ए) का अस्पताल मध्ये धौलागिरि अस्पतालले सर्वाधिक नम्बर प्राप्त गर्दै आएको छ ।

अहिले उत्कृष्ट भएको अस्पताल गत आर्थिक वर्ष र गत असारमा भएको सर्वेक्षणका क्रममा समेत धौलागिरि अस्पताल उत्कृष्ट घोषण भएको थियो । धौलागिरि अस्पताल, गोर्खा अस्पताल, म्याग्दी अस्पताल र लमजुङ अस्पतालमध्ये न्यूनतम स्वास्थ्य मापदण्डका आधारमा १०० मा ८४ अंक प्राप्त गर्दै गण्डकी अस्पतालका ५० शैयाको अस्पताल मध्ये धौलागिरी अस्पताल उत्कृष्ट भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य तथा शिक्षा अधिकृत नवराज शर्माले जानकारी दिनुभयो ।

नवराज शर्मा सहितको समूहले धौलागिरि अस्पतालमा स्वास्थ्यकर्मीसंगको अन्तरक्रिर्याको क्रममा अस्पतालले आफ्ना कमी कमजोरी सुधार गर्दै न्यूनतम स्वास्थ्य मापदण्ड बढाउदै लगेको र अहिले सम्म निरन्तर उत्कृष्ट हुँदै आएको र यस पटक न्यूनतम स्वाथय मापदण्डका आधारमा ८४ अंक प्राप्त गरेको जानकारी गराएका थिए ।

२०७७ सालको आर्थिक वर्षमा गरिएको एक सर्वेक्षणमा ६६ अंक प्राप्त गरेको धौलागिरि अस्पतालले २०७८ असारमा गरिएको सर्वेक्षणमा ७३ अंक प्राप्त गरेको थियो । पुस मसान्त सम्मको अस्पतालको अवस्थाको सर्वेक्षणका आधारमा ८४ अंक प्राप्त गर्दै धौलागिरि अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट भएको हो । हामीले सुरुको सर्वेक्षणमा न्यूनतम स्वास्थ्य मापदण्डका कमी कमजोरीहरुलाई सुधार गर्दै गएका कारण निरन्तर सर्वेक्षणको अंक बढाउदै उत्कृष्ट भएको धौलागिरि अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरीटेन्डेण्ट डा. शैलेन्द्र बि.क पोखरेलले जानकारी दिनुभयो ।

“निरन्तरको सर्वेक्षण, सुझाव र छलफलबाट अस्पतालको विभिन्न विभागहरुलाई सुधार गर्दै लगिरहेका छौं, जस्तो फोहोरको वैज्ञानिक व्यवस्थापन, बरिरंग सेवा, इमरेजेन्सी विभाग र विपद् व्यवस्थापनमा धेरै परिवर्तन गरेका छौं” डा. पोखरेलले भन्नुभयो “धौलागिरि अस्पतालले जनताको स्वास्थ्य सेवामा क्रमस गुणस्तर वृद्धि गराउदै लैजादाको परिणाम नै प्रदेशकै उत्कृष्ट अस्पताल बन्नु हो ।” सर्वेक्षणमा अस्पतालका स–साना कमी कमजोरी खोतल्ने र सुधारका लागि सुझाव दिनेकाम भइरहेको छ ।

सुशासन तथा व्यवस्थापन, उपचार सेवा र व्यवस्थापन तथा अस्पताल सहयोग सेवा गरी मुख्य तीन विषयमा गरिएको मूल्यांकनका आधारमा धौलागिरि अस्पताल उत्कृष्ट हुँदै आएको छ । तीन विषयमा केन्द्रित रहेर ६४७ वटा सूचक राखेर त्यसमा अंक प्रदान गरिन्छ । धौलागिरि अस्पताल बागलुङको न्युनतम सेवा मापदण्डको चालु आर्थिक वर्षमा स्थलगत अनुगमन गरिएको थियो । प्रत्येक पटकको सर्वेक्षणमा अस्पतालको न्यूनतम सेवा मापदण्ड अनुसारका कामहरु भए नभएको र देखिएका कमीकमजोरीलाई सुधार्न सल्लाह दिँदै आएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले दिएको सुझाव अनुसार अस्पतालको सेवा विस्तार तथा गुणस्तरीय स्वास्थ्य सेवा र चुस्त व्यवस्थापन गर्दै आएको धौलागिरि अस्पताल बागलुङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *