बडिगाड जीप दुर्घटनामा मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो

आदर्श अनलाईन, बागलुङ ।
बडिगाड दुर्घटनामा मृत्यु भएका १४ जनाकै पहिचान खुलेको छ ।

दुर्घटनामा मृत्यु हुनेमा गुल्मी ईस्मा गाउपालिका ४ बस्ने बर्ष ३० कि सुचना कार्की, गुल्मी ईस्मा गाउपालिका ४ बस्ने बर्ष २५ को रेशम थापा ( चालक तथा साहु ), गुल्मी ईस्मा गाउपालिका ५ बस्ने बर्ष ४० कि बसुन्धरा कार्की, ईस्मा गाउपालिका ३ बस्ने अन्दाजी २३ वर्षीया माया थापा, नवलपरासी बर्दघाट नपा २ बस्ने बर्ष ६० कि मुमा कार्की, बागलुङ बडिगाड गाउपालिका ५ बस्ने बर्ष ५५ कि लक्ष्मी केसी, गुल्मी ईस्मा गाउपालिका ४ बस्ने बर्ष ४० कि सिता कार्की, गुल्मी ईस्मा गाउपालिका ४ बस्ने मृतक सिता कार्कीको छोरी बर्ष २ कि अनुसा कार्की, गुल्मी ईस्मा गाउपालिका ४ बस्ने बर्ष ६५ कि झवी कार्की, ईस्मा गाउपालिका ४ बस्ने बर्ष ४० को महेन्द्र कार्की, ईस्मा गाउपालिका ४ बस्ने बर्ष ४५ कि भुमी कार्की, ईस्मा गाउपालिका ४ बस्ने बर्ष २५ कि मिना बस्नेत, गुल्मी ईस्मा गाउपालिका ४ बस्ने बर्ष ६५ को धन बहादुर कार्की र कन्चनपुर बस्ने बर्ष ५५ को धन बहादुर कार्की रहनुभएको छ ।

घाइतेहरुमा नवलपरासी बर्दघाट नगरपालिका २ बस्ने अन्दाजी २२ वर्षीय जीवन कार्की , गुल्मी ईस्मा गाउपालिका ४ बस्ने मृतक सुचना कार्कीको छोरा ४ वर्षीय हिमाल कार्की, गुल्मी ईस्मा गाउपालिका ४ बस्ने २४ वर्षीया निमा केसी रहनुभएको छ ।

त्यस्तै गुल्मीको ईस्मा गाउपालिका ४ बस्ने बर्ष ६५ को धन बहादुर कार्की हराउँनुभएको छ । उहाँको खोजी कार्य भएरकेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

गुल्मीको इश्मा दोहोली पैयापाटाबाट बागलुङको निसिखोला गाउँपालिका बायोखोलामा दिवाली पुजाको लागी हिँडेको ग १ ज ५२१९ जिप बडिगाड खोलामा दुर्घटनामा परेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *