मनाङ भित्रने सबैलाई खोप कार्ड अनिवार्य

आदर्श अनलाइन, मनाङ
हिमाली जिल्ला मनाङमा जिल्ला प्रवेशमा कडाइ गरिएको छ । कोरोनाका एक जना सक्रिय संक्रमित रहेको जिल्लामा कोरोनाबाट बच्न जिल्ला बाहिरबाट आउनेलाई कडाइ गरिएको हो ।

बाह्य जिल्लाबाट संक्रमित आउन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनु भयाे। उहाँका अनुसार जिल्ला कोडिभ–१९ संक्रमण व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति साथै कार्यालय प्रमुखको बैठक बोलाएर मनाङमा कोरोना संक्रमण रोक्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको बताउनु भयाे ।

मनाङ प्रवेश नाका तालडाँडामा प्रहरी र स्वास्थ्यकर्मीले दैनिक निगरानी गरिरहेका छन् । मनाङमा साढे ४ महिनामा आइतबार एक जना कोरोनाका बिरामी रहेका छन् । मनाङमा कोरोनाको दोस्रो लहर सुरु भएयता २ सय २३ जना कोरोना संक्रमित भएका छन् । यीमध्ये ४ जनाको मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *