सुन्तला बेचेर सिगानामा भित्रियो साढे दुई करोड

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–८ का सिगानाका अनन्त बहादुर खड्काले यसवर्ष आफ्नो बगैचाका सुन्तला टिपेर पोखरा पु¥याउनुभयो ।

आफै सुन्तला टिपेर पोखरा पु¥याउनुभएका सुन्तला किसान खड्काको हातमा यस वर्ष सुन्तला विक्रि गरेर रु. चारलाख ५० हजार हात प¥यो । सुन्तला टिप्ने ज्याला र यातयात खर्च घटाउदा रु. चार लाख बचत समेत गर्नुभयो । सुन्तला गाउँका रुपमा परिचय कमाएको बागलुङको सिगानामा सबैभन्दा ठूलो सुन्तला बगैचा अनन्त खड्काको छ । खड्काको बगैचामा २०० सुन्तलाका बोटले उत्पादन दिइराखेको छ ।

उहाँले सुन्तलाको बढी मुल्य पार्न पोखरा लगेर विक्रि गरेको बताउनुभयो । “सुन्तला बोट बाटै बिक्रि गर्दा प्रति केजी ६० देखि ६५ पर्न जान्थ्यो, पोखरा लगेपछि १२० सम्ममा विक्रि गरेको छु” अनन्त खड्काले भन्नुभयो “यस पटक गत वर्षको भन्दा एक लाख बढी मुल्य पार्ने योजना सफल भयो, टिप्ने बेलामा केही औसा किराले झारेका कारण केही समस्या भयो ।” खड्काले बगैचा सुधार र मलजलमा ध्यान दिने हो भने सुन्तला उत्पादनमा वृद्धि हुँने अनुभव सुनाउनुभयो ।

यस्तै सिगानाकै अर्का सुन्तला किसान राम बहादुर खड्काले यो वर्ष बोटबाटै रु. दुई लाखको सुन्तला विक्रि गर्नुभएको छ । उहाँले गत वर्षको तुलनामा औसा किराको प्रभावले केही कम उत्पादन भएको जानकारी दिनुभयो । “गत वर्ष साढे दुई लाख परेको थियो, नयाँ उत्पादन दिने विरुवा सहित यो वर्ष तीन लाख पार्ने लक्ष्य हो तर औसा किरा र वर्षातको समयमा फूल झर्दा दुई लाखको मात्रै सुन्तला उत्पादन भएको छ” खड्काले भन्नुभयो ।

खड्का जस्ता सिगानमा एक सय भन्दा बढी किसनाहरुले व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका छन् । उनिहरुले यस वर्ष झण्डै साढे दुई करोडको सुन्तला बागलुङ बजार, पोखरा र चितवनको बजारमा विक्रि गरेका छन् । सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेको सिगानामा प्रति वर्ष सुन्तला उत्पादनमा क्रमश वृद्धि हुँदै आएको बागलुङनगरपालिका–८ का वडा अध्यक्ष राजन जिसीले जानकारी दिनुभयो ।

“सिगानामा पछिल्लो पाँच वर्षमा झण्डै ३० हजार सुन्तलाका विरुवा थप भएका छन्” वडा अध्यक्ष जिसीले भन्नुभयो “बागलुङ नगरपालिकाले उब्जानी अनुदान बापत यो आर्थिक वर्षमा सिगानाका किसनाले ६ लाख अनुदान समेत पाएका छन्, नयाँ विरुवाले उत्पादन दिन थालेपछि सिगानामा वार्षिक पाँच करोडको सुन्तला निर्यात गर्ने हाम्रो लक्ष्य हो, यो वर्ष साढे दुई करोड रकम सुन्तला विक्रि गरेर सिगानाका किसानहरुले भित्राएका छन् ।”

खेतीपाती मासेर सुन्तला लगाउँदा किसानले सुनतला फलाउन कम्तिमा पाँच वर्ष लाग्ने भएकाले नगरपालिकाले सुन्तलाको रोपनीको आधारमा उब्जानी अनुदान दिदै आएको छ । यो वर्ष तीन करोडको सुनतला विक्रि गर्ने किसानहरुको लक्ष्य रहेपनि अत्याधिक वर्षात र औसा किराको समस्याले ५० लाखको उत्पादन घटेको छ ।

सिगानाका एक सय भन्दा बढी किसनाहरुको बगैचामा बढीमा २०० देखि घटिमा १० बोट सम्म सुन्तलाको उत्पादन दिने बोट छन् । उनिहरुले सुन्तला खेती तर्फ आर्कषण बढेपछि खेत तथा कोदो बारी मासेर धमाधम सुन्तला खेती विस्तार गरिरहेका छन् ।

यस वर्ष बागलुङ नगरपालिकाले दुर्ई हजार सुन्तलाका विरुवा र दुई हजार कागतीका विरुवा अनुदानमा वितरण समेत गरेको थियो । सिगाना प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगत सुन्तलाको पकेट क्षेत्रका रुपमा समेत समावेश भएको छ । सिगानामा कोरोना अघि वार्षिक रुपमा सुन्तलाको प्रर्बद्धन र विकासका लागि सुन्तला उत्सव समेत आयोजना हुँदै आएको थियो । कोरोनाका कारण दुई वर्षदेखि सुन्तला उत्सव हुँन सकेको छैन । सिगानाका सुन्तला स्वादिष्ट हुँने भएकाले यसको माग उच्च रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *