२७ महिनाकी भतिजी हत्या गरेकाे आराेपमा युवक पक्राउ

आदर्श अनलाइन, स्याङजा
आफ्नै सहोदर भाइको २७ महिनाकी छोरी सुबिना ढकालको हत्यामा संलग्न रहेको अभियोगमा स्याङजाको चापाकोट नगरपालिका-७ पिपलछाप बस्ने ३८ वर्षीय बासुदेव ढकाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

ढकालले सुबिनालाई ज्यान मार्ने मनसाय लिई जमिनमा पछारी अचेत बनाई छाडेको भन्ने सूचना पाएपछि खटिएको प्रहरीले अचेत अवस्थामा रहेकी सुबिनालाई उपचारको लागि रामपुर अस्पताल पाल्पामा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

बासुदेव उपर ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत स्याङजाबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *