बागलुङ नगरपालिकाको सम्पूर्ण सेवा बन्द

आदर्श अनलाइन, बागलुङ
कोरोना महामारीबाट प्रभावित बनेको बागलुङ नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

नगरपालिकाका अधिकांश कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएर आइसोलेसनमा बस्नुपर्ने भएकाले नगरपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवा प्रभावित भएको भन्दै अत्यावश्यक बाहेकका सबै सेवा माघ १३ गते देखि २१ गते सम्मका लागि बन्द गरिएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार नगरपालिका, वडा कार्यालय र नगर अन्र्तगतका अन्य विषयगत शाखा कार्यालयहरुको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *