बेनी-जोमसोम-कोरला सडक निर्माणको काम सुस्त

एसके थकाली, जोमसोम

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको बेनी-जोमसोम -जोमसोम-कोरला सडक निर्माणको काम सुस्त छ । कोरला सडकको काम सुस्त भइरहँदा भने उपल्लो र तल्लो खण्डको २ प्याकेजको काम अलपत्र परेको हो।

करिडोर सडकअन्तर्गत बेनी-जोमसोम ७६ किमी निर्माणधिन सडकको म्याद मंसिर १५ गते सकिएको हो भने जोमसोम-कोरला सडकको पनि तेश्रो पटक थपिने म्याद असारमा सकिदै छ ।

म्याद सकिदै गर्दा कोवाङदेखि जामसोम १९ किमी र चराङदेखि छोसेर २५ किमी सडकको काम ठप्पै भएको छ । कोशी एण्ड न्यौपाने जेभीले जिम्मा लिएको उक्त सडकको काम ६ महिना अगावै रोकिएको करिडोरले जनाएको छ ।

सुरवाती चरणमा कोशी एण्ड न्यौपानेले तीब्र गतिमा अघि बढाएको भएपनि पछिल्लो अवस्थामा काम रोकिएको हो । मुस्ताङको मार्फादेखि टुकुचेसम्मको दुरीमा ग्राभेल पूरा गरी भुक्तानी लिएको कम्पनीले त्यसपछि काम अघि बढाएको छैन ।

कम्पनी डुबेकाले अरु निर्माण व्यवसायीलाई बिक्री गरिएको बुझिएको छ । जेभीले कोवाङ देखि जोमसोम खण्ड करिव ६२ करोड र चराङ देखि छोसेर खण्ड करिव २६ करोडमा सम्झौता गरेको थियो । करिडोरका अनुसार साविक कम्पनीले तल्लो खण्डमा ५० प्रतिशत र उपल्लो खण्डमा ६२ प्रतिशत काम सपन्न गरेको जनाएको छ ।

कोशी एण्ड न्यौपानेकै नाम हटाएर साविक कम्पनीको नाम सप्तकोशी एण्ड जलाधार कन्ट्रक्सन राखिएको प्राजेक्ट म्यानेजर सहदेव गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार कोशी एण्ड न्यौपानेले थालेका सबै काम अब नया कम्पनीले सूचारु गर्ने बताउनुभयो । ठेक्‍का मोबिलाइजेसन र व्यवस्थापनको प्रक्रिया पूरा गर्दैछौं। कामका लागि उपकरण फिल्डमा पठाउने काम भएको छ । केही स्थानमा कटिङ ,फिलिङको काम सुरु भएको छ ,प्रोजेक्ट म्यानेजर गौतमले भन्नुभयो ।

हिउँदयामसँगै मुस्ताङमा हिमपात र जाडो अत्यधिक हुने भएकाले चैत्रदेखि कामले गति लिने उहाँको भनाई छ । मेसिनबाहेक मजदुरले काम गर्ने सक्ने अवस्था नभएको उहाँको भनाई छ । कालोपत्रेको पूर्ण तैयारीमा रहेको मार्फा खन्ती सडकमा आगामी दसैं अगावै कालोपत्रे गर्ने तयारी भइरहेको म्यानेजर गौतमले बताउनुभयो ।

उहाँका अनुसार कोवाङ-जोमसोम खण्डमा ५ वटा एक्साभेटर,५ टिपर ,ग्रेडर ,रोलर ,पानी ट्याङ्की ,क्रसर ,मिक्चर ,कालोपत्रे प्लान जस्ता उपकरण रहेको र उपल्लो मुस्ताङमा पनि उपकरण पठाइएको जानकारी दिनुभयो । उहाँले सडक म्याद थपिएपछि काम तोकिएको समयमा पूरा हुने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *