स्वास्थ्य समस्याका कारण र समाधान

जीवन शाक्य
नेपालमा बुढेसकालमा निरोगी हुनु एउटा भाग्य भन्नु पर्ने अवस्था छ, किनभने एकाध वाहेक प्राय मुटुरोग, उच्च रक्तचाप, चिनीरोग, दीर्घ ग्यासट्राईटिस, वाथरोग, पक्षाघात, प्रोस्टेट वढने, मृगौला समस्या, पत्थर, वा थाईराइड समस्याबाट पिडित भएर अकालमा मर्ने र लामो समय सम्म औषधि खानेहरु छन् । दाँतहरु स्वस्थ भएर चपाएर खान सक्नुे हुनु भनेका विरलै देखिन्छ । रोग प्रतिरोध शक्ति कम भएर घरिघरि रुघाखोकी लाग्ने, कोरोना लाग्ने, एच आई.भि एडस लगायत टाईफाईड, आउँ रगतमासी, पिनास, व्रोन्काईटिस जस्ता खोकी लामो लाग्ने र दम पनि हुने, क्षयरोग पनि थपिएका हुन सक्छन । प्रौढ र बुढेसकालमा शरिरमा स्वाभाविक रुपले हर्मोन, इन्जाइमको गडवडीले यौन जन्य समस्या, दाँत मुखको समस्या, वढेका छोराछोरीहरुवाट राम्रो रेखदेख, भरथेग, व्यवहार नपाएर तनाव, चिन्ता, निद नलाग्ने जस्ता मानसिक समस्याहरुले पनि थप समस्या ल्याउने हुन्छ ।

स्वास्थ्य भनेको शारीरिक वा भौतिक रुपमा स्वस्थ हुनु मात्र होइन, सबैसंग शान्त सौहाद्र, प्रेमपूर्ण सहयोगी विश्वासको सम्बन्ध कायम गर्न सक्ने हुनु, आर्थिक आर्जन र उत्पादनका कामहरु गर्न सक्ने हुनु, राम्रो निद्रा विश्राम पाउने र मानसिक सामाजिक रुपमा स्वस्थ हुनु पनि स्वास्थ्य हो । समाजको काममा सरिक भएर सामाजिक रुपमा स्वस्थ मात्रै भएर पनि नपुग्ने हुन सक्छ, भित्र दिलैदेखि स्वस्थ भएको भान हुनु, सवै संग प्रशन्नता, खुशि भएर सहयोग, विश्वासको सम्बन्ध दीर्घकाल सम्म कायम राख्न सक्नु, काम गर्ने जागर हौसला प्रेरणा भएर सामाजिक कार्यमा लगनशिल भएर लाग्ने वातावरण हुनु जस्ता आध्यात्मिक वा आात्मिक रुपमा स्वस्थ हुनु नै पुर्ण रुपमा स्वास्थ्य पाउनु हो । यो भनेको सार्थक सन्तोष, सफल जीवनको परिचायक अवस्था हो । तर यस्तो स्वास्थ्य पाउने अवस्था वातावरण संरचना ब्यवस्थापनको ज्यादै कमी छ ।

कारणः
देश, समाजमा रोजगार नहुनु, परिवार, समाज समुदाय, सामाजिक आर्थिक, राजनितिक संस्कार कमजोर, राज्यको कृषि औद्योगिक उत्पादन वितरण ज्यादै न्युन र निर्माण विकासमुखि ब्यवस्थापनमा भ्रस्टाचार हावी भई यसको असर रोजगार नहुने र वस्तुभाउ मूल्य आकाशिएकोले जनतालाई चरम आर्थिक अभावको समस्या भई हातमुख जोर्न समस्या छ । भौतिक, वा शारिरीक मानसिक रुपमा स्वस्थ जन्मिनु, राम्रो स्याहार पुर्ण स्तनपान, खानपान, रेखदेख, प्राविधिक रोजगार मुखि शिक्षा पाएर हुर्किन अवसर पाई दक्ष स्वस्थ इमान्दार नागरिक हुन पाउनु एउटा अहोभाग्य जस्तै छ, राम्रो सकारात्मक संस्कार र सम्बन्ध प्रेमपुर्ण, सहयोगी भएको परिवारहरु एकदम नगण्य छ भएपनि समाज समुदाय स्वास्थ्य अनुकुल र रचनात्मक छैन । यात्रामा कतै जानुप¥यो भने कतै दुर्घटना भईहाल्छ कि भन्ने शोच्नु पनर््े अवस्था छ । विद्यालय र उच्च शिक्षा नै उत्पादनमुखि ब्यवशायिक प्राँविधिक नभएर कामको लागि नेता कार्यकर्ता, हाकिम वा पाटीैैको मुख ताक्नु पर्ने अवस्था छ ।

सामाजिक र आध्यात्मिक रुपमा स्वस्थ देखिन जन्म नै स्वस्थ रुपमा भएको हुनुपर्छ साथै स्याहार सुसार खानपान, वाल्यकाल, किशोर किशोरी अवस्था युवा अवस्थामा राम्रो पारिवारिक सिकाई, शिक्षा दिक्षा पाएको हुनु पर्छ । सामन्ति पुजिवादी सस्कारमा जस्तो विभिन्न जातजाती, गरिव दुखि र नछुने जातजाति भनि हेला भेदभाव तिरस्कार गर्ने काम ब्यवहारमा ती जातका मान्छेहरुको श्रम शोसन गर्ने, ब्यभिचार र वलात्कार हुने संस्कार परम्पराबाट स्वतन्त्र हुने पाउने अवस्था हुनुप¥यो । वाल्यकाल देखि शुरक्षित स्वस्थ खानपानका साथै वलात्कार माया दया र सकारात्मक शोच दिएर हुर्काउने, योगा ध्यानको अभ्यासका साथै विद्यालयको पठनपाठन पनि प्राविधिक ब्यवशायीक र रोजगारमुलक हुनु आवश्यक छ ।

नेपालमा शुरक्षित खानपानको वातावरणनै छैन । वाल्यकाल देखि मुख दात घाटीको स्वास्थ्य विगार्ने आईसक्रिम, चकलेट, विस्कुट, चिजवल कुरकुरे चाउचाउ जस्ता दिमाग विगार्ने, उच्चरक्तचाप गराउने, चिनी, क्यान्सर, कलेजो मृगौलामा घात गर्ने, धेरै खराव चिल्लो भएका, चिसा पेय पदार्थहरु, नशा मात लाग्ने रक्सी जन्य पदार्थहरु, अनावश्यक नुन, र चिनी राखिएका तयारी खाजाहरु वजारभरि छयापछयाप्टी पाईन्छ । चाउचाउ त सवै घरमा पाईन्छ र आम खाजा खाना भईसक्यो । गाउँघरमा पनि विहानै खालि पेटमा चिया रक्सी खाने चलन छ । तरकारीहरु ,फलफुल रासायनिक पदार्थहरु राखेर छिटो नकुहिने वनाउन राखिएकै हुन्छ । वजारमा ताजा दाल तरकारी खाने चलन पनि घटन थालेजस्तो लाग्छ, एकैचोटी धेरै पकायो फ्रिजमा राखेर घरिघरि तताउदै खादै गरेर पोषण तत्व नस्ट भएको र दुषित भएको खान थालेका छौ ।

बजारमा पाईने खाजा खराव चिल्लो भएको तेलमा भुटेर तारेर घरिघरि पकाएर औषधिले पनि काम नगर्ने दुषित वनाइएका खाजा खानाहरु खाईरहेका नै छौ । विहेभोज पार्टीमा एकैचोटी धेरै खालको अत्यधिक पोषिलो र धेरै थरिका खाना, कुनै छिटो पच्ने, कुनै पच्न धेरै समय (१८,२० घण्टा लाग्ने) लाग्ने धेरै खान्छौ छिटो पच्ने फलफुल, गुलिया अन्नजन्य पहिला खानुपर्ने पछी र पछी खानुपर्ने माछामासु, अण्डा दुध गेडागुडी पहिला खाएर पखाला,ग्यास्टाइटिस, अपच आन्द्राको समस्या पनि निम्त्याईरहेका छौं । खाईसकेर आईसक्रिम,जेरी चिया वा कफी खाएर पचाउन कठिन वनाउने गरि खाईरहेका छौ। खाना अघि र पछि पनि पानी पनि खाईरहेका हुन्छौ जस्ले पचाउने इन्जायम पातलिएर पेटको समस्या निम्त्याउने हुन्छ । पसिनाले भिजेको फोहर लुगा, नाईलन पोलिस्टरको अझ कसिएको लगाउने गरेर छालाका विभिन्न रोगहरु पनि निम्त्याएका छौ ।

हाम्रो सकारात्मक शोच भएका साथी मीत्रको छरछिमेक र समाजको रचनात्मक सम्वन्ध संगत ज्यादै कम छ दिनको धेरै समय धेरै नकारात्मक, शोच विचारले ग्रसित हुने, रोजगार छैन, काम छैन कि जुवा खेल्नु प¥यो, कि दिमाग विगार्ने टिभि फिल्म, हेर्नुप¥यो, रक्सी खाएर दिउसैं सुत्¥नुप¥यो । स्वस्थ मनोरन्जनात्मक सारेगम, जस्ता गीती, नृत्य, नाटक, नाच, यौगीक, आध्यात्मिक स्वस्थ प्रवचन कार्यक्रम छैन, राजधानीमा केहि छ त्यो पनि सिमीत रुपमा । वालवालिकाहरुको ध्यान मोवाइृल ,टि.भि खेल खेल्नै मस्ट छन, समयमा खाना खाने वाहिर खेल्ने चासो छैन, दिमागनै मोवाईल, ल्यापटप, आदिको खराव किरणले क्यान्सर हुने सम्भावना एकदम वढदो छ ।

विद्यार्थीहरु लागु पदार्थको सेवनमा लागेका देखिन्छन । संघ संस्थाबाट न्याय संगत र सहज तरिकाले काम समयमा सम्पन्न नभएको जनताको गुनासा धेरै छन । वाटोघाटो पनि हिलो ढुलो गन्हाउने भएर दिमागै खुम्च्याउनुपर्ने छ । यीनै यावत नकारात्मक संस्कृतिले रोग प्रतिरोध क्षमता कमजोर भई विरामी हुने र अकालमा मृत्यु हुने लगायत औषधीको खपत निकै वढेको छ ।

समाधानः
परिवार, विद्यालय र समाजमा शरिर स्वास्थ्य सम्वर्धन विस्तार र विकासको साथै दुषित पदार्थहरु फाल्ने निश्काशन गर्ने, पाचन शक्ति सुदृढ गर्ने योगको शोच ब्यवस्थापन र सयन्त्र वनाई सन्चालन हुनु पर्नेे हो यो नगण्य र ज्यादै सिमीत छ । आजभोली रामदेव र केहि अन्य योगको शिविर केहि पटक वजारमा सन्चालन भएकोले केहि युवाहरु योगमा लागेको देखिन्छ । योग विहान करिव आधा घण्टा गर्नु आवश्यक छ ।

ध्यान दिमागको स्मृति, होश सम्वेदनशिलता वढाउने, आत्मज्ञान वढाउने, आफनो कमजोरी अवगुण दोषहरु अर्थात काम क्रोध लोभ मोह वासना इष्र्या द्धेषको श्वाश, मुटुको धडकन, दिमाग र शरिरका विभिन्न अंगहरु र भागहरुमा पारेको रोगजन्य असर लगायत सकारात्मक गुण क्षमताहरु थाहा पाउने खोज्ने मार्ग हो, यो पनि ज्यादै सिमित छ र भए पनि विधि सम्मत छैन । ध्यान विहान करिब आधा घण्टा, १ घण्टा सवैलाई चाहिन्छ, यसले शरिरको शुक्ष्म ब्यायाम हुन्छ र हर्मोन इन्जायमको मात्रा वुढेसकालमा पनि सन्तुलित राख्न सहयोग गर्छ । आफनै श्वास र मुटुको धडकन गति चाप दवाव, दुखाइ भएको भागलाई विना प्रतिक्रिया स्वीकार भावमा शाक्षिपुर्वक हेर्ने, अध्ययन अनुसन्धान गर्ने गरि साध्दै जाने हो भने शान्ति, स्वास्थ्य र सुकुनको अनुभुति गर्न सकिने अति जरुरी पहिलो आधारभुत महत्वपुर्ण सिक्नै पर्ने कुरो भनेर वुद्ध सन्तहरुले सिकाउदै, देशना दिदै आएको कुरो थियो, हो, केहि धार्मीक भनिने संस्थाहरुमा भएपनि विधिसम्मत छैन, पैसा उन्मुख छ ।
भवतु सब्ब मंगलम ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *