सरोजराज पन्त
देश, जनता, राष्ट्रियता, सार्वभौम सत्ता, नागरिकहक, स्वतन्त्रताका लागि संघर्ष गर्दा, अन्याय अत्याचारका विरुद्ध आवाज उठाउँदा राष्ट्रका लागि दिलो ज्यान वलिदान दिने सच्चा व्यतिm सहिद बन्दछ । राष्ट्र, राष्ट्रियता, नेपाली आमालाई रक्षा गर्नका लागि जीवन आहुति गर्नु वा वलिदान गर्ने व्यक्ति शहिद हो । हरेक वर्ष माघ १० देखि माघ सोह्र गते सम्मलाई शहीद सप्ताहको रुपमा मनाइ छ । त्यसैगरी शहीदहरुको सम्झना कुनै औपचारिक कार्यक्रम सुरु गर्दा राजनीतिक पार्टीहरुले १ मिनेट मौन धारणा गर्ने परिपाटी छ । हामीले शहिदले के बाटो देखाएका हुन भनेर सम्झन्छौ कि सम्झिदैनौ यो गम्भिर बिषय बनेको छ । केवल घोप्टा परेर घडी हेर्दै शहीदको स्मरण गर्नेहरुलाई के भन्ने ? के एक दिन राष्ट्रपति, प्रधानमन्त्री, बिदेशी राष्ट्र प्रमुखहरुले पुष्पगुच्छा सहिद गेटमा राखेपछि शहीदप्रतिको सम्मान गरेको हुन्छ ? माघ १६ गते शोभा भगवती, टेकु पचली, सिफल र पुल्चोकमा माल्र्यापण गरेपछि शहीदप्रतिको सबै औपचारिकता पुरा हुन्छ भन्ने ठानिन्छ । हामीले शहीदको सम्झना केवल औपचारिकताको रुपमा कार्यक्रम गरी समापन गर्ने गरेको देखेका छौं ।
हाम्रा विचारहरु फरक छन र फरक हुन सक्दछन तर शहीद फरक नहुन पर्ने हो तर पुरातन सोच र जडशुत्रवादी सोंचका कारण रुमल्लिरहेको अबस्था छ । २००७ सालको निरङकुश राणा शासनको बिरुद्ध, २०१८ सालको नेपाली काँग्रेसको निरङकुश पञ्चायत बिरुद्ध भएको सशस्त्र युद्ध, २०२८ सालको बर्ग शत्रु अभियान, २०४२ को सत्याग्रह आन्दोलन, २०४६ को पञ्चायत बिरुद्धको आन्दोलन, २०५२ बाट सुरु भएको १० बर्षे जनयुद्ध, २०६२÷०६३ को जनआन्दोलन र तराई मधेश जनआन्दोलन फरक फरक समयमा आन्दोलन र युद्धमा शहादत प्राप्त गर्ने वीर शहीदहरुको बारेमा शहीदकै बारेमा आजसम्म पनि सरकार अलमलि रहेको पाइन्छ । मुलुक संघीय गणतन्त्रमा गएको पनि बर्षौ भै सकेको छ । यस अबस्थामा राज्यले शहीदको खोजी गर्ने एउटा पाटो बेपत्ता तथा छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेको छ । तर पनि यी दुवै आयोगले अपेक्षित काम गर्न सकेका छैनन ।
एक सय तीन बर्षिय राणा शासन मात्र होइन ३० बर्षको पञ्चायती व्यबस्थाको अन्त्य गर्न र २३८ बर्षसम्म रहेको राजाको प्रत्यक्ष शासनलाई समाप्त गरि देशमा आमुल परिवर्तन ल्याउन सकिन्छ भन्ने अपेक्षा सहित मृत्युवरण गर्नेहरुको सोलो डोलो मौन धारणबाट सम्झना गर्ने वाहेक अरु केही हुन सकेन । माघ १६ गते शहिद दिवसका दिन शहिद पार्कका गएर उनीहरुको शालिकमा फूलमाला अर्पण गरी र २, ४ वटा भाषण ग¥यो १ मिनेट मौन धारण ग¥यो अनि चियापान तिर लाग्यो बस शहिद दिवश सम्पन्न भयो । त्यस पछि अन्त्यमा भनिन्छ शहिद दिवस भव्य रुपमा मनाइयो । हरेक वर्ष अखिर शहिदको नाममा १ दिन केही क्षण शहिदको नाममा भाषण गरेर उनीहरु प्रति सच्चा सम्मान हुन्छ त ? उनीहरुले देश र जनता प्रति गरेको बलिदान र सपना साँच्चि पुरा भएको छ वा छैन यो गम्भीर चिन्तनको विषय हो ।
देश र जनताको रक्षा अधिकार प्रवृतिका लागि दिलो ज्यान दिने विभिन्न कालखण्डका शहिद र उनीहरुको परिवारलाई राज्य राजनीतिक दल, नागरिक समाज र हामी सवै सचेतवर्गले उनीहरुलाई कसरी सम्मान गर्ने स्मरण गर्ने, उनीहरुले पु¥याएको योगदानको कसरी कदर गर्ने ? नयाँ पुस्ताले उनीहरुको जीवनीको बारेमा के कस्ता विषयमा जानकारी पाउनु पर्ने हो भन्ने विषय आज हामी नेपालीका लागि सोच्नै पर्ने विषय हुन् ।
उनीहरुका लागि कुनै राजनीतिक दलको कार्यकर्ता थियो म¥यो १० लाख पायो सकियो । वर्षको १ पटक सम्झिएकै छ भनेर हल्लका तरिकाले लिने चलनले शहिदको सम्मान हुन्छ ? यसरी शहिदको रगतको बलिदानको कदर हुन्छ ? देशमा राणा शासनको अन्त्य गर्नका लागि वलिदान गर्ने शहिद लखन थापा , दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ देखि पञ्चायतकालीन शासन व्यवस्थाको विरोधमा दिलोज्यान दिएका शहिद, प्रथम जनआन्दोलन, दोस्रो जन आन्दोलन, १० वर्ष जनयुद्धमा ज्यान गुमाएका शहिद, तराई मधेसको सघंर्षमा शहिद बनेका देखि विभिन्न समयमा राष्ट्र र राष्ट्रियताको सरक्षण, हक अधिकार न्यायका लागि जीवन आहुति गर्न सवै महान शहिद, नेपाली आमाका सपुत हामी सवै नेपालीका आदरणीय गौरव वोकेका व्यक्ति हुन् । राजनीतिक नेतृत्वमा परिवारवाद, चाकडीवाद, धनवाद, डनवादलाई अगाडि राखेर राजनीतिक नेतृत्व आफना कार्यक्रम बनाइरहेका छन् ।
त्यसेैले शहिदको अवमूल्यन हुने, योगदानको सम्मान नहुने, पसिना र रगतको कदर नहुने हो भने अव देश र जनताको लागि लड्न को तयार हुन्छ ? इतिहासको विभिन्न कालखण्डका भएका संघर्ष आन्दोलन युद्ध लडाईमा वास्तवमा ठूला नेता कोही शहिद बनेनन् सवै नेपाली आमाका मध्यम वर्गीय परिवारका छोरा छोरी शहिद भएका छन् । शहिद बन्न तयार नहुने तर राष्ट्र राष्ट्रियताको रक्षा हामीले गरेका हौ । सवै परिवर्तन ल्याउने श्रेय हामी र हाम्रो पार्टीमा छ भन्ने प्रवृतिले अहिले राजनीति प्रति वितृष्णा जागेको पाइन्छ । युवापुस्ता राजनीतिलाई फोहोरी खेलको रुपमा लिन विवश छन् ।
जनतालाई केवल चुनावको बेलामा मात्र खोजिन्छ अनि चुनाव सकिए पछि नेता र कार्यकर्ता वीचको खाड्ल गहिरिन्छ । चुनावको बखत चिनजान भएर उसैको भोट र योगदानले जितेको नेता सांसद, मन्त्री भएपछि नचिन्ने बन्दछन् । आवश्यक परेको समयमा काम हुनु त परैजाओस् भेट्ने समय पनि दिदैनन् । यस्तो अवस्थामा अब देशमा राजनीतिक परिवर्तन नेताले वा युवा कार्यकर्ता कसले गरेका हुन् ? परिवर्तनमा कसको हात र योगदान छ ? सरोकारवाला सबैले बुझ्नु आवश्यक छ । कसकालागि कसले, के गर्न परिवर्तन ल्याएका हुन स्पष्ट हुन जरुरी छ र सोही अनुरुप राजनीतिमा आमुल सुधार हुन आवश्यक छ । नेता, नीति, नेतृत्व बीचको टकराबको अन्त्यगरी राम्रो रणनीति बनाएर जनआस्था र सहभागितामा काम गर्ने पर्ने समय आएको छ । जनताहरुले पनि अधिकार खोज्ने तर कर्तव्य पुरा नगर्ने सैलिमा आमुल परिवर्तन हुन जरुरी छ ।
देशमा गणतन्त्र आएको पनि १० वर्ष विति सक्यो जनताका अपेक्षाहरु बढदै गएका छन् । शहिदको सपना पुरा हुन सकेका छैनन् । ‘जो म¥यो उसैका छोराछोरी टुहुरा’ आमाको काख रित्तै भनेझैँ शहिद परिवार अझैँ शोक, भोक र रोगमा पिल्सिएको छ । ‘घाइते परिवार झनै शोक, भोक र रोगमा पिल्सिएको छ ।’ घाइते परिवारजन, द्वन्द्व पिडितको अवस्था उस्तै बल्झिरहेको छ । बेपत्ता पारिएका परिवारको विचल्ली अझै कहाली लाग्दो छ । कति सरकार फेरिए, शहिद बनाउन आन्दोलनमा होमाउने व्यक्ति पनि पटक पटक मन्त्री बने आखिर सच्चा देश भक्त शहिद, शहिद परिवारले के पाए ? उनीहरुका लाला बाला, बालबच्चा, वृद्ध बाबा आमा , अवला श्रीमतीले आखिर के पाए, राज्यले के दियो ? के दिने योजनामा छ ? यो विषयमा आज आम जनता अञ्जानमा छन्् ।
चुनावको समयमा भोट आकर्षित गर्न शव्दजालमा विकासका आधिँवेरी ल्याउने काम गरी घोषणा पत्र तयार हुन्छन । छलछाम गर्न नेता पछि पर्देनन् । यो जितेका नेताको लागि मात्र प्रश्न होइन चुनावमा जनताको समर्थन हुदाँ हुदै पनि केही मतान्तरले पराजित नेताका लागि पनि प्रश्न हो । चुनाव हारे पछि हारेका नेताका जनता होइनन् र जनउत्तरदायी नहुने ? उसको समाजमा केही भूमिका हुदैन र ? अर्को चुनावसम्म मौन भएर बस्ने चलन हाम्रो देशमा छ । यस्तो राजनीतिक प्रवृतिले जन अपेक्षा अनुसार काम हुन नसक्दा आज लाखौँ युवा विदेशिन बाध्य छन् । गाउँमा बुढाबुढीको उपचारका लागि अस्पताल लैजाने मानिस छैन , मरेपछि पनि काज किरिया गर्न मानिस खोज्नु पर्ने अवस्था छ ।
राजनीतिमा कस्तो नेतृत्वलाई स्विकार गरेका छौं जसले शहीद घोषणा गर्दछ तर शहीदको विचार कहिल्यै भेटाउन सक्दैन । आयोग गठन गर्दछ तर काम बर्षौंसम्म हुर्दैन । आफनो जीवन निर्वाहको लागि राज्यको सबै संयन्त्र प्रयोग गर्छ तर शहीदहरुबाट आस्रित परिवारको हकमा आँखा चिम्लि रहन्छ । शहरमा आलिसान घर बनाउँछ गाउँ फर्किदैन । आफ्ना छोराछोरीलाई बिदेशका महङ्गा स्कुलहरु पढाउँछ । धन कमाउने व्यापारको लागि स्वास्थ्य प्रतिष्ठानहरुको साथ लिन्छ । स्वास्थ्य परीक्षणको लागि बिदेशमा जाने राज्यको ढुकुटी दोहन गरिरहन्छ । तर शहीदका आस्रित परिवारहरु पेटभरी खान अन्नको गेडा पाउँदैनन । सानो सानो झुपडी भुकम्पले भत्काउँदा ओत लाग्ने ठाउँ पाउँदैनन तर उनीहरुको नाममा मोज गर्नेहरुको कमि हुदैन । बिरामीले थलिदा सिटामोलको ट्याव्लेट पाउँदैन । स्कुल जान त परै जावस दिनभर कुल्लि काम गरेर पेट पाल्ने काम पनि शहिद परिवारले पाउँदैन । यस अबस्थामा राज्यले शहीदका सोंच र विचार लागु गर्ने तर्फ कसरी थाहा पाउँछ अनि एक दिन क्षणभर शहीदको नाम लिएर कसरी शहिदको सपना पुरा हुन्छ ?
शहिद परिवार र उनीहरुको समग्र जीवन सुधार गर्नमा राज्यले पूर्ण सघाउनु आवश्यक छ । शहिदहरुलाई धोका दिने प्रवृतिले आज आफु मर्दा कसले हेर्ने भनि सोच्न बाध्य हुनु अत्यन्त जरुरी भएको छ । शहिदको सपना पुरा हुन नसक्नु, पुरा हुने वातावरण नबन्न शहिद माथी धोका दिनु हो । त्यसैले शहिदको योगदानको कदर गर्दै उनीहरुको स्मरण एक दिन मात्र होइन हरेक योजना बनाउँदा, कार्यान्यन गर्दा, कुनै विशेष खालका निर्णय गर्दा उनीहरुको सपनालाई सम्झनु जरुरी छ । नेपाल आमालाई बचाउने शहिद रुदा कसैको कल्याण हुदैन । संघियतालाई संस्थागत गर्न, समग्र विकास गर्न, संघ ,प्रदेश र स्थानीय निकायले शहिदका सपना साकार बनाउने गरी योजनावद्व ढंगले अगाडि बढ्न भुल्नु हुदैन ।
नतिजामुखीे, नागरिकमुखी, नागरिकको विश्वास आर्जन गर्न सक्ने सरकार, प्रतिस्पर्धी ,सेवामुखी, लक्ष्य उन्मुख सरल भविष्यमुखी, उपलब्धीमूलक एवं नतिजामुखी चुस्तदुरुस्त प्रशासन भई सेवा प्रवाहमा हुने दैनिक समस्याहरुको समाधानसँगै मानव अधिकारको सम्मान, अन्याय र शोषणको अन्त्य, नागरिकहरुका बीच सदभाव र मैत्रिपूर्ण वातावरण, कुण्ठा, आक्रोस र द्वन्द्वको सम्बोधन, स्वेच्छाचारीताको नियन्त्रण, लोकतन्त्रको सुदृढिकरण, निष्पक्षताको प्रत्याभुति भएको अवस्थामा मात्र समुन्नत, शान्त र न्यायपूर्ण नेपाल निर्माण भई शहिदका सपना साकार हुनेछन् ।
प्रशव व्यथा बोकेका नारीको अवस्था अझै दर्दनाक छ, बाटोमै प्राण त्याग गर्न विवश छन् । सुत्केरी महिला आवश्यक औषधि र पौष्टिक तत्वको अभावमा तडपि रहेका छन । यस्ता विविध समस्यामा राज्य सरकार जिम्मेवार हुनुपर्ने बा नपर्ने ? शहिदले स्वदेशमा रगत बलिदान गरेर स्वदेश बनाउन दिलो ज्यान दिए आज हजारौँ युवा विदेशी भूमीमा जीवन आहुति गरेका छन् । यो अवस्था सृजना गर्ने को ? यो विषयमा जवाफदेही को हुने ? कसले यो समस्याको समाधान खोज्ने ? शहिदले बा शहिद जन्माउनेले बा शहिद बनाउनेहरुले गम्भीर अवस्था आज हामी सामु छ । साँच्ची शहिदको सम्मान गर्न उनीहरुको आत्माको शान्तिका लागि देशमा अमन चयन, शान्ति, सुव्यवस्था, हत्याहिंसाको अन्त्य नागरिक अधिकार, जनमतको सम्मान, दिगो बिकास, समानता, समानुपातिक विकास, कानुनी शासन, विधिको शासन हुन जरुरी छ ।
त्यसैले माघ १६ गते मात्र शहिद दिवश मनाएर शहिदका सपना पुरा हुदैनन् । सधैभरि शहिदको सम्मान हुने काम गरी उनीहरुको स्मरण गर्ने पर्दछ । नेपाली आमाको मुहार हँसाउन शहिदले बगाएको रगतको सम्मान गर्न, नेपाली आमाका सपुतका गलामा मालाले होइन सुशासन, दीगो विकासले सम्मान गर्नु पर्दछ । रोइरहेकी आमा हाँस्नु पर्दछ, सुस्ता, कालापानी, दसगजा नक्सामा मात्र होइन बास्तबिकत रुपमा हाँस्नु पर्दछ । जङ्गे पिल्लरहरु जुन ठाउँमा थिए सोही ठाउँमा गाडिनु पर्दछ अनिमात्र शहिदको सपना पुरा हुनेछन् । बर्षको एक दिन झारा टार्न होइन सदैव सफा मनले शहिदको सम्मान र स्मरण गर्ने गरी काम गरिनु पर्दछ ।