आदर्श अनलाइन, बागलुङ
एक दशकपछि गरिएको जनगणनाको प्रारम्भीक नतिजा आइसकेको छ । उक्त प्रारम्भीक नतिजालाई हेर्दा बागलुङको जनसंख्यामा ऋणत्मक वृद्धि भएको पाइएको छ ।
प्रारम्भिक तथ्याङ्क अनुसार बागलुङ जिल्लाको जनसंख्या दश वर्षमा घटेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक रहेको छ । विभागले बागलुङको जनसंख्या वृद्धिदर–०दशमलब ६७ प्रतिशत रहेको जनाएको छ ।
प्रारम्भिक तथ्यांक अनुसार २०७८ को जनगणनामा बागलुङ जिल्लाको जनसंख्या २ लाख ५० हजार ५४४ छ । २०६८ को जनगणनामा २ लाख ६८ हजार ६१३ रहेको थियो । बागलुङमा पुरुषको भन्दा महिलाको जनसंख्या बढि रहेको समेत तथ्यांकमा उल्लेख गरिएको छ । २०७८ को जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार बागलुङमा १ लाख ३ हजार ३६५ जना महिला र १ लाख १७ हजार १८९ जना पुरुष रहेका छन् ।
तथ्यांक विभागका अनुसार बागलुङ जिल्लाका ३४ हजार २ सय ५१ जना विदेशमा रहेका छन् । विभागले विदेशमा रहेका र नेपालमा रहेकाहरुको छुट्टाछुट्टै गणना गरेको छ । विभागका अनुसार बागलुङका २७ हजार ९३४ पुरुष र ६ हजार ३१७ महिला विदेशमा रहेका छन् ।
तथ्यांक विभागका अनुसार बागलुङमा ५८ हजार ४६७ घर संख्या र ६५ हजार ४१७ परिवार संख्या रहेको छ । यस्तै परिवारको औसत आकार ३ दशमलब ८३ र जनघनत्व १४० रहेको छ ।
तथ्यांक विभागका अनुसार बागलुङ जिल्लाको सवै भन्दा धेरै जनसंख्या बागलुङ नगरपालिकामा रहेको छ । प्रारम्भिक तथ्यांक अनुसार बागलुङ नगरपालिकामा २६ हजार ५८८ पुरुष र ३० हजार ४४२ महिला गरी ५७ हजार ३० रहेको छ । यस्तै सवैभन्दा कम जनसंख्या तमानखोला गाउँपालिकामा रहेको छ । तमानखोलामा ४ हजार ६६७ पुरुष र ५ हजार १२८ महिला गरी ९ हजार ७९५ जनसंख्या रहेको छ ।
यस्तै बडिगाड गाउँपालिकामा १३ हजार ४८७ पुरुष र १५ हजार ३१० महिला गरी जम्मा २८ हजार ७९७, बरेङ गाउँपालिकामा ५ हजार ७० पुरुष र ६ हजार ९२ महिला गरी जम्मा ११ हजार १६२, ढोरपाटन नगरपालिकामा १४ हजार ३०६ पुरुष र १६ हजार ४७३ महिला गरी ३० हजार ७७९ जनसंख्या रहेको छ ।
यस्तै गलकोट नगरपालिकामा १४ हजार ४७३ पुरुष र १६ हजार ३० महिला गरी जम्मा ३० हजार ५०३, जैमिनी नगरपालिकामा ११ हजार ३१० पुरुष र १३ हजार ४७४ महिला गरी जम्मा २४ हजार ७८४, काठेखोला गाउँपालिकामा १० हजार ३८७ पुरुष र १२ हजार ३४५ महिला गरी जम्मा २२ हजार ७३२, निसीखोला गाउँपालिकामा १० हजार ५६६ पुरुष र १२ हजार ६४९ महिला गरी जम्मा २३ हजार २१५ र ताराखोला गाउँपालिकामा ५ हजार १० पुरुष र ५ हजार १५७ महिला गरी जम्मा १० हजार १६७ जनसंख्या रहेको छ ।