बडिगाड दुर्घटना: गुल्मीको इश्मा गाउँपालिकामा आज शोक बिदा

आदर्श अनलाइन, गुल्मी

जिल्लाको इस्मा गाउँपालिकाले आज बुधबार शोकको घोषणा गरेको छ ।

मंगलबार कुलपुजाको लागि हिँडेको जीप बागलुङ जिल्लाको बडिगाड गाउँपालिका ७ भिमगिठेको घोकर्नामा मंगलबार दुर्घटना हुँदा इस्मा गाउँपालिका–४ र ५ वडाका १५ जनाको दुर्घटनामा ज्यान गएको थियो । शोकमा गाउँपालिकाले एक दिन शोक बिदा गर्ने निर्णय गरेको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताउनुभयो ।

उहाँले तत्काल कार्यपालिकाको बैठक बसेर मृतक तथा घाइते परिवारको लागि पनि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने बताउनुभयो ।

अहिले विद्यालयहरुमा अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ । गाउँपालिकाले बुधबार स्थगित प्रावि तहको परीक्षा मंसिर १९ गते र निमावि र मावि तहको मंसिर २० गते गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *