हिमपातको सम्भावना, भोलि यी प्रदेशमा हुनेछ वर्षा

आदर्श अनलाइन, काठमाडौँ
पश्चिमी वायुको सामान्य प्रभावले देशभर चिसो बढेको छ । बिहान साँझ काठमाडौँ उपत्यकासहित तराईका धेरै भू-भागमा हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा बदली हुनेछ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि मंगलबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुनेछ ।

बुधबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *