राष्ट्रिय युवा संघद्धारा रक्तदान

आदर्श अनलाइन, बागलुङ
कोरोना संकटमा जटिल स्वास्थ्य समस्या भएका बिरामीलाई रगत अभावले समस्या सृजना नहुने बातावरणको लागि राष्ट्रिय युवा संघ बागलुङले रक्तदान गरेको छ ।

कोरोनाको कारण जिल्लामा रक्तसंकलन कार्य अवरुद्ध भएको र रगत अभाव हुन थाले पछि राष्ट्रिय युवा संघले रगत अभाव पूर्तिका लागि रगत संकलन गरेको हो ।

राष्ट्रिय युवा संघ बागलुङका जिल्ला सचिव दिपेन्द्र रेग्मीका अनुसार युवा संघमा आबद्ध ३० जना युवाले नेपाल रेडक्रस सोसाईटीद्धारा सञ्चाालित ब्लड बैंकमा रक्तदान गरेका थिए । एमालेको भातृ संगठनले देश भर रक्तदान अभियान चलाएको छ ।

कार्यक्रममा बोल्दै एमाले पोलिटब्युरो सदस्य मनकुमारी केसीले संकटकालिन अवस्थामा उपचारमा सहज बातावरण तयार गर्न युवा संघले रचनात्मक काम गरेको उल्लेख गर्नुभयो । महामारीमा नियन्त्रणमा सबै पक्षले सहयोग गर्नुपर्नेमा बताउनुभयो । एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसीले संकटमा युवाको भूमिका रचनात्मक र जवाफदेहीपूर्ण हुनुपर्नेमा जोड् दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *