निसीखोलाले सबै योजना बैशाखमै सक्ने

डम्मर बुढा मगर, बागलुङ
निसीखोला गाउँपालिकाले समयमै चालु आर्थिक वर्ष २०७८/०७९ मा भएका सबै योजना सक्ने गरि आयोजनाका काममा जुटेको छ । असार मसान्त अगावै सबै योजना सक्ने गरि गाउँपालिकाले सम्झौता गरि निर्माण कार्यमा जोड दिएको छ । यस वर्ष परेका २५० योजना मध्ये ७५ बढी योजना सकिसकेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो ।

उहाँले हालसम्म योजना सम्झैताको काम ४५ प्रतिशत सकिएको भन्दै ३० प्रतिशत योजना सम्पन्न भइसकेको बताउनुहुन्छ । गाउँपालिकाले बैशाखमै सबै योजना सक्ने लक्ष्य लिएको भन्दै सोही अनुसार योजनाका कामहरु भइरहेको गौतमको भनाई छ । उहाँले सबै साना ठूला योजनाहरुको काम अगाडी बढाइएको बताउनुभयो ।

‘बैशाखमै सबै योजना सक्ने गरि काम अगाडी बढाएका छौँ, उपभोक्ता र ठेकेदार कम्पनी मार्फत गर्ने योजना दुबैको सम्झौतालाई पनि तीव्रता दिएका छौँ,’ सूचना अधिकारी गौतमले भन्नुभयो ‘हालसम्म ३० प्रतिशत काम सकिएको छ, ४५ प्रतिशत योजना सम्झैता भएर काम अगाडी बढेको छ, बाँकी रहेका योजनाहरुको सम्झौतालाई पनि हामीले तीव्रत रुपमा गरि रहेका छौँ, यो महिना भरी सम्झौताको सबै काम सक्छौँ ।’

गौतमले स्वास्थ्य, शिक्षा, रोजगार, खानेपानी, पर्यटन लगायतका क्षेत्रमा पूर्वाधार निर्माणका लागि यस वर्ष बढी बजेट विनियोजन भएको भन्दै सोही अनुसार सम्झौता र काम गरिने बताउनुभयो । उहाँले यस वर्ष ठूला योजना अन्तरगत गाउँपालिकाको प्रशासनिक भवन, निसीखोला आधारभूत अस्पताल लगायतका योजनाहरुको ठेक्का सम्झौता गरेर काम अगाडी बढाउने प्रक्रियामा रहेको बताउनुभयो । गाउँपालिकाको भवन गत वर्षदेखि निर्माण भइरहेको छ ।

गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जनताको आधारभूत आवश्यकतालाई प्राथमिकता दिएर विकास निर्माणलाई अगाडी बढाएको बताउनुभयो । उहाँले यस वर्ष परेका योजनाहरु मध्ये अधिकांश नागरिकको आधारभूत आवश्यकतासँग जोडिएको बताउनुभयो ।

‘हामी निर्वाचित भएर आएको वर्षदेखि नै नागरिकको न्यूनतम आवश्यकतालाई नै प्राथमिता दिएर विकास निर्माणका गतिबिधिहरु ग¥यौँ, अहिलेसम्म आउँदै गाउँपालिकाका नागरिकले विकासको अनुभूति गर्ने गरि काम गरेका छौँ, अझै पनि त्यही हिसाबले काम गरेका छौँ’ अध्यक्ष पौडेलले भन्नुभयो ‘यस वर्ष पनि धेरै योजना छन्, ति योजनाहरु मध्ये अधिकांश योजना नागरिकको जीवनमा प्रत्यक्ष जोडिने खालका छन्, बैशाख अगाडी सक्ने हाम्रो लक्ष्य हो, सोही गतिमा योजनाका कामहरु भइरहेका छन् ।’

उहाँले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गाउँपालिकाले उल्लेखनिय काम गरेको भन्दै यस वर्ष पनि आधारभूत अस्पताल निर्माणदेखि शैक्षिक सुधारका कामहरु गरि रहेको बताउनुहुन्छ । अध्यक्ष पौडेलले गाउँपालिकाको सबै वडाको सबै बस्तीमा सडक पु¥याउने काम गरेको र ति सडकहरुको स्तरोन्नती समेत थालेको बताउनुहुन्छ ।

पौडेलले गाउँपालिकाको सात वटै वडामा स्वास्थ्य संस्था निर्माण गर्ने योजना अन्तरगत सबै वडामा स्वास्थ्य संस्था तथा सामुदायिक स्वास्थ्य इकाईहरु स्थापना गरि नागरिकलाई स्वास्थ्य सेवा दिइ राखेको बताउनुभयो । यस वर्ष पनि स्वास्थ्य क्षेत्रको सुरका लागि कामहरु गरिने उहाँको भनाई छ ।

‘निसीखोलाको सबै वडा र सबै बस्तीहरुमा सडक पुगेको छ, नपुगेका ठाउँहरुमा यस वर्ष पुग्ने छन्, यसभन्दा अगाडी खुलेका सडकहरुको स्तरोन्नती गर्ने योजना पनि छ,’ अध्यक्ष पौडेलले भन्नुभयो ‘स्वास्थ्य क्षेत्रमा पनि राम्रो काम गरेका छौँ, यस वर्ष पनि केही सुधारका कामहरु गर्ने छौँ, विकास हुनु पर्ने सबै क्षेत्रमा विकासको सुरुवात भएको छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *