बागलुङमा ३० स्वास्थ्यकर्मी कोरोना संक्रमित

आदर्श अनलाइन, बागलुङ
धौलागिरी अस्पतालमा मात्रै अहिले १८ जना स्वास्थ्यकर्मी कोरोना संक्रमति हुनुभएको छ । १८ जना स्वास्थ्यकर्मी संक्रमित भइरहदा समेत अस्पतालले प्रदान गर्ने सेवा घटाएको भने छैन । अस्पतालले नागरिकलाई दिने सेवा संकटका बाजुत समेत प्रदान गरिरहेको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बि.क पोखरेलले जानकारी दिनुभयो ।

“संक्रमित भएपछि स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राख्दा सेवा दिन समस्या हुन्छ, कोरोना नभएका स्वास्थ्यकर्मीलाई बढी समय स्वास्थ्य सेवाको काममा खटाएका छौं” डा. पोखरेलले भन्नुभयो “जनताको स्वास्थ्य सेवामा खटिदा खटिदै अधिकांस स्वास्थ्यकर्मीहरु अहिलेको अवस्था सम्म आउदा संक्रमित भइसक्नुभएको छ, संकटमा आपत्कालिन सेवा दिदा अन्य सामान्य सेवा भनेजस्तो दिन सकिरहेका छैनौं ।”

बागलुङ जिल्लामा कोरोनाको संक्रिय संक्रमित ५४६ हुँदा ३० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।
घिमिरेका अनुसार धौलागिरी अस्पतालका १८ जना र जिल्लाका अन्य स्वास्थ्य संस्थामा १२ गरी ३० जना स्वास्थ्यकर्मी अहिले संक्रमित भएर होम आइसोलेसनमा बस्नुभएको छ । शनिबार सम्म उकालो लागेको कोरोना संक्रमण दर आइतबार बाट क्रमश घट्न थालेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *